• TOKHA LIVE

    • १६ कार्तिक २०७७, आईतवार १७:१९

    टोखा नगरपालिकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३६५ जना पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक १६,२०७७

    टोखा नगरपालिकामा पछिल्लाे चौबीस घण्टा मा थप २८ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै संक्रमितको संख्या २३६५ पुगेको छ।

    टाेखा नगरपालिकाको विवरण अनुसार हाल सम्मको संक्रमित महिला सख्या ९९२ जना रहेको र पुरुष सख्या १३७२ जना रहेका छन्। भने निको हुनेको संख्या १९३५ जना रहेका छन्। कोरोना भाइरस संक्रमण भएका सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या ३९२ जना रहेको र अस्पतालमा २१जना रहेका छन्। हाल सम्म सम्पर्क विहिन भएका सख्या ९ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    वडा गत विवरण अनुसार कोरोना भाइरस संक्रमण भएका संक्रमित महिला सख्या १७ जना रहेको र पुरुष सख्या ११ जना रहेका छन् भने जम्मा संक्रमित सख्या २८जना रहेको छ । होम आइसोलेसनमा २६ जना, अस्पतालमा २ जना मात्र रहेका छन्।

    CICT Team ले २८ जनाको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा हाल सम्म ३ जना मात्र कोरोना सङ्क्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै