• TOKHA LIVE

    • १५ कार्तिक २०७७, शनिबार ०१:५३

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनका संक्रमितहरुलाई दशैंको टीका लगाइयो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक १५ ,२०७७

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनका संक्रमितहरु र स्वास्थ्य कर्मी पत्रकारहरुलाई समेत मास्क र ग्लोस लगाएर हिजो दशैंको अन्तिम दिन भएपनि शुभकामना आदानप्रदान सहित दशैंको टीका लगाइएको छ।

    नेपालीहरुको महान चाड दशैं हिजो अन्तिम दिनमा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा संक्रमित भै आइसोलेसनमा बसिरहनु भएका ४ जना संक्रमितहरुलाई टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बडा दशैंको शुभकामना दिई टीका जमरा लगाई दक्षिणा दिएर स्वास्थ्य लाभको कामना गरेकी छिन्।

     

    दशैं जस्तो महान पर्वमा कोभिड-१९ कोरोना भाइरस संक्रमण भै आफ्नो परिवारबाट अलग्गिएर आइसोलेसनमा बस्नु परेको कारणले दुःख महसुस नहोस् भनेर उहाँहरुलाई अलिकति भएपनि विशेषगरी बड़ा दशैंको राहत महसुस गर्न सकोस् भनेर यो सानो कार्यक्रम आयोजना गरेको उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छन्।

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रले नियमित २४ सै घण्टा स्वास्थ्य सेवा दिइरहेको छ। कोरोना भाइरस सुरु भएसँगै संक्रमितहरु भर्ना भएकाहरु भने १२१ जना थियो। जसमध्ये हाल सम्म ११८ जनाले कोभिडलाई जितेर घर फर्किसकेको उहाँले बताइन् ।

     

    काठमाण्डौ, भक्तपुर, ललितपुर मध्ये पहिलो आइसोलेसन वार्ड टोखा नगरपालिका वडा नं २ मा टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसन सुरुभएको थियो। बुढानिलकण्ठ नगरपालिकामा पनि आइसोलेसन वार्ड बनाएको थियो तर कोभिड-१९को डरले सुचारु भने हुन नसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताइन्।

     

    त्यसै गरी हिजो दशैंको टीका सँगै २ जनालाई उपप्रमुख डंगोलले खादा ओडाएर विदाइ गरिएको कार्यक्रममा ४ संक्रमितहरु स्वास्थ्य लाभको कामना गरि ,७ जना स्वास्थ्य कर्मीहरु , ३ जना पत्रकारहरु गार्ड सहित २४ जनालाई टीका र जमरा लगाई दक्षिणा दिएर विजया दशमिको शुभ कामना व्यक्त गरेकी थिइन्।

     

    महान चाड विजया दशमी परेको हुनाले यहाँ आइसोलेसनमा बस्नु हुने सम्पूर्ण संक्रमितलाई दशैंको एउटा माहोल बनोस् र संक्रमितलाई आत्मबल प्रेरणा मिलोस् भनेर हामीले दशैंको शुभकामना आदानप्रदान र आशीर्वादको लागि संक्रमितहरु, स्वास्थ्य कर्मी परिवारहरू र पत्रकारहरुलाई टिकाको कार्यक्रम आयोजना गरेको उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै