• TOKHA LIVE

      TOKHA LIVE

    • १४ कार्तिक २०७७, शुक्रबार १३:०८

    १०५ वर्षका जेष्ठ नागरिक दे थकाली तुल्सी नारायण श्रेष्ठ सम्मानित :-

    टाेखा लाइभ कार्तिक १४

     

    टाेखा नगरपालिका वडा २ निवासी १०५ वर्षका जेष्ठ नागरिक दे थकाली तुल्सी नारायण श्रेष्ठलाई एक कार्यक्रमका बिच टाेखा परम्परागत चाकु संरक्षण समाजले आज उहाँकै निवासमा सम्मानित गरेको छ।

    १०५ वर्षका जेष्ठ नागरिक दे थकाली तुल्सी नारायण श्रेष्ठलाई टाेखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले  बडादशैको शुभकामना र चाकु सहित  खादा ओडाइ सम्मान कदर -पत्र प्रदान गरेका हुन् ।

     

     

    परम्परागत चाकु संरक्षण समाजले ऐतिहासिक ,सांस्कृतिक संरक्षित क्षेत्र टाेखाको जेष्ठ नागरिक भगवान स्वरुप , अग्रणी व्यक्तित्व सम्माननिय तुल्सी नारायण श्रेष्ठले हाम्रो पुर्खाको वस्ती तुख्य:(टाेखा)को गौरव हुने कार्यमा आफ्नो सम्पुर्ण जिवन समर्पित गरि गाउँ गाउँमा परम्परागत चाकु उत्पादन गरि बेचेर जनजनमा चाकुको स्वाद चखाउने कार्यमा समर्पित गरेको भन्दै उहाको लामो आयु र दीर्घकालीन जीवनबाट टाेखा परम्परागत चाकु संरक्षण समाज गौरवान्वित भएको भन्दै १०५ वर्षको दिर्घायु प्रेरणादायी जीवनबाट टाेखा परम्परागत चाकु संरक्षण समाजले उहाँबाट सधै सिकिरहन पाओस् साथै पछिल्लो पिढींले पनि उहाँबाट सिक्दै जाउन भन्ने आशा र भरोसा व्यक्त गरेको छ।

     

    दे थकाली तुल्सी नारायण श्रेष्ठको संघर्षपुर्ण जीवनको कथा टाेखालाई उद्यमशिलता तर्फ यात्राको ईतिहास बनिरहोस् भन्दै उक्त सम्मान कदर -पत्र प्रदान गरेका हुन्।

    समाजका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले उहाँ जस्ता शताब्दी पुरुष फेरि फेरि रहला नरहला तर उहाँले आफ्नै ठाँउमा परम्परागत ढंगले चाकु बनाएर टाेखा चिनाएर योगदान दिनुभएको कदर स्वरुप परम्परागत चाकु संरक्षण समाजले उहाँ जस्ता शताब्दी पुरुषलाई सम्मानित गर्न पाउदा ज्यादै खुशी लागेको अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले बताउनु भयो।

    जेष्ठ नागरिक दे थकाली तुल्सी नारायण श्रेष्ठ सम्मान कार्यक्रममा अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ,उपाध्यक्ष बुद्ध श्रेष्ठ , महासचिव रामराज श्रेष्ठ ,काेषाध्यक्ष सकली श्रेष्ठ, सदस्य बाबुराज डंगोल , सदस्य न्हुछे नारायण श्रेष्ठ र पत्रकार  लगायतको उपस्तिथि रहेको थियो।

     

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै