• TOKHA LIVE

    • १४ कार्तिक २०७७, शुक्रबार १०:०८

    टोखा नगरपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३३७ पुग्यो।

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक १४,२०७७

     

    टोखा नगरपालिकामा पछिल्लाे २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टिभए संगै संक्रमितको संख्या २३३७ पुगेको छ।

    हाल सम्मको संक्रमित महिला सख्या १७५ जना रहेको र पुरुष सख्या १३६२ जना रहेका छन्। भने सकृय संक्रमित सख्या ५१८ जना रहेका छन्। हाल सम्म निको हुनेको संख्या १८११ जना पुगिसकेको छ।

    कार्तिक १३ गतेको वडा गत विवरण अनुसार संक्रमित महिला सख्या भने २ जना रहेको र पुरुष सख्या १ जना रहेका छन्। जम्मा संक्रमित सख्या ३ मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    वडा गत विवरण अनुसार थप भएकाहरुमा
    वडा नं ७ मा १ जना, वडा नं ८मा १ जना, वडा नं ११मा १ जना गरी ३ जना रहेका छन्। CICT Team ले ३ जनालाई Case Investigation गरेको छ।

    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसन वाट हिजो १ जना नयाँ संक्रमित भर्ना भएका छन्। जम्मा संक्रमित सख्या ४ रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै