टाेखा लाइभ/ नविना श्रेष्ठ
कार्तिक १३,२०७७
टोखा नगरपालिका वडा नं २ अस्थित रहेको टोखा नगर आइसोलेसनमा रहेका कोभिड-१९ कोरोना भाइरस वाट संक्रमण भएका कोरोना सङ्क्रमितहरु कोरोना लाई जितेर आज ८ जना घर फर्केका छन्।
PCR परिक्षण पछि रिपोर्ट पोजिटिभ आएसँगै टाेखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रिय नगर आइसोलेसनमा बसेका थिए। दशैं जस्तो चाड नजिकिय पनि रोग भन्दा ठूलो चाडपर्व हैन भन्दै आफू र आफ्नो परिवारको सुरक्षितका निम्ति आइसोलेसनमा बसेको बिरामीहरूको भनाइ थियो। आफू निरोगी भए यस्तो दशैं फेरि अर्को साल सबै परिवार, साथीभाइ सँग मनाउन सकिने दिस्चार्ज पछि एक जनाले बताउनु भयो।

दशैं भरी नगर आइसोलेसनमा भने १२ जना संक्रमित थियो। जसमध्ये आज ८ जना कोरोना लाई जितेर घर फर्केका छन्।
भने अब बाँकी ४जना मात्र रहेको स्वास्थ्य कर्मी बबिता लोहनी , सुबिना शर्माले जानकारी दिएकी छिन्।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र आइसोलेसान वाट आज घर फर्कनेहरु लाई आत्मबल बढाउन वडा नं २ का सदस्य हेराकाजी डंगोलले फूल माला लगाई विदाइ गरेका थिए। भने आइसोलेशनमा आफ्नो डिउटी निभाई बसेका इन्चार्ज डा. सन्देश ढकालले खादा ओडाएर विदाइ गरेको थियो।
कोरोना एउटा रोग हो तर संक्रमित बिरामीहरूलाई मनोबल, आत्मबल प्रेरणा माया र साथ दिए यो रोग वाट चाँडै उन्मुक्ति पाउन सकिने सदस्य डंगोलले बताए।

कोभिडका बिरामीहरूलाई रोगको लक्षण देखा परेपछि घुर्णा होइन माया गरौ, आइसोलेसनमा बसेका कोरोना सङ्क्रमित बिरामीहरूलाई पनि आफूले आफूलाई नकारात्मक सोच धपाएर केही हल्का शारीरिक व्यायाम गरेर आफूहरुलाई सकेसम्म सकारात्मक बनाउने प्रयास गर्न वडा २का सदस्य हेराकाजी डंगोलले सबैमा आग्रह गर्नुभयो।

