• TOKHA LIVE

      TOKHA LIVE

    • ११ कार्तिक २०७७, मंगलवार १८:४२

    टाेखामा खड्ग जात्रा आन्तरिक पूजा मात्रै गरि सिमित गरियो।

    टाेखा लाइभ कार्तिक ११ ।

    परापुर्वकाल देखि निरन्तर चल्दै आएको टाेखामा तलेजु मन्दिर
    खड्ग जात्राका लागि प्रसिद्ध छ। तलेजु मन्दिर,बलि तथा खड्ग जात्रासंग सम्बन्धित सबै व्यबस्था मुल नाइकेको निर्देशन र रेखदेखमा हुने परम्परा रहिआएको छ।
    यस वर्षको मोहनी नख: अर्थात वडा दसैंको अवसरमा टोखाको तलेजुमा मनाइने प्रसिद्ध खड्ग जात्रा यस वर्ष हिजो बिजया दशमीका दिन आन्तरिक पूजा मात्रै गरि सिमित गरिएको मुल नाइके हेमराज श्रेष्ठले बताउनु भयो ।

     

     

    परम्परा अनुसार टाेखा स्थित कोतमा महानवमीका दिन रांगो कात्ने चलन छ। किवदन्ती अनुसार टाेखाको क्वाथ:स्थित तलेजु मन्दिरमा १३ वटा खड्ग सहितकि भगवती देवि रहेकी छिन् । यी देवीलाई भक्तपुरबाट ल्याएको विस्वास गरिन्छ। त्यसैले खड्गजात्रा गर्दा बांस भित्र लुकाएर फूलैफूलको छत्र जस्तो आकृती बनाइ ढाक्ने प्रचलन रहेको मुल नाइके श्रेष्ठ बताउँछन् । बिजया दशमीको दिन हुने यस खड्गजात्रामा समावेश गरिने जिवित देवी गणेश कुमारी र जालीदेवतालाई माथिल्लो लाछी (थने लाछी)को नारायण मन्दिर घुमाएर ल्याएपछि निश्चित ठाँउमा अड्याएर केही समय राखेपछि मुल नाइकेले पुजा गर्छन् ।

    त्यसपछि जालीदेवता ल्याउनेहरुलाई बलिको लागि कुभिन्डाे ( भुइफसी ) दिइन्छ। तलेजु मन्दिरको नजिक रहेको यस क्षेत्रका सुरक्षा देवता क्षेत्रपालमा लगेर कुभिन्डाे ( भुइफसी )काट्छन्। औषधिउपचार हुने जनविस्वासले गर्दा काटिएको भुइफसी पाउन मान्छेहरू लुछाचुडी गरेको हेर्न छरछिमेकी र मानिसहरू टाढाबाट आफन्तहरु आउने हुँदा त्यस दिन निकै घुइँचो लाग्ने गर्दछ।

     

    त्यसपछि ‘दे थकाली ‘लाई अगाडि अघि बढाएर १३ जनाले खड्गको रथ बोकि सकेसम्म दाैडिंदै अगाडि बढ्छन।यो समयमा थकालीहरु भने लगलग कामिरहेका हुन्छन् । तलेजु मन्दिरमा पुगेपछि मुलनाइकेले रथमा भएका फुलका माला गणेश कुमारीलाई चढाउछन् र त्यसपछि अरु थकालीअरुलाई एक एक वटा फुलका माला दिएपछि जात्रा हेर्न आउने श्रद्धालु भक्तजनहरुलाइ फुल प्रसाद बाँड्ने कार्यक्रम संगै टाेखामा खड्ग जात्रा समापन हुने परम्परा छ।

     

    तर टाेखामा खड्ग जात्रा स्थगित गरि आन्तरिक पूजा मात्रै गरि सिमित गरिएको प्रमुख कारण हाल विस्वब्यापी फैलिएको काेभिड-१९ कोरोना महामारी रोकथाम गर्न सरकारले गरेको निर्णय अनुसार जात्रामा अत्यधिक भीडभाड हुने भएकाले विशेष गरि कोरोना भाइरस जेष्ठ नागरिक र कम उमेरका बालबालिकाहरुमा चाडै संक्रमण हुने हुँदा बालक बृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर स्थानीय सरकारले टाेखा नगरपालिका  वडा २/ ३  कार्यालयका जनप्रतिनिधिहरुसँगको छलफलको आधारमा खड्ग जात्रालाइ स्थगित गर्ने निर्णय गरि आन्तरिक पूजामै सिमित गरि समापन गरिएको मुलनाइके हेमराज श्रेष्ठले बताउनु भयो।

     

     

    Facebook Comments

  • छुटाउनुभयो कि? सबै