• TOKHA LIVE

    • ८ कार्तिक २०७७, शनिबार १८:१७

    टाेखामा तलेजु क्वाखल टोल बिकास संस्थाको शुभकामना आदानप्रदान तथा गमलामा फुल वृक्ष रोप्ने कार्यक्रम सम्पन्न:-

    टाेखा लाइभ ,कार्तिक ८ काठमाडौं

    तलेजु क्वाखल टोल बिकास संस्थाको आयोजनामा तलेजु मन्दिर परिसरमा आज गमलामा फुल वृक्ष रोप्ने तथा  शुभकामनाआदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    कोभिड- १९ को यो अवस्थामा सबैले भोग्दै गरेको मानसिक प्रभावलाई न्युनिकर गर्ने उद्देश्य राख्दै सांकेतिक प्रयोगका रुपमा यो कार्यक्रम आयोजना गरेका छौ”।तलेजु क्वाखल टाेल विकास संस्थाका अध्यक्ष रमेश नापितले अगाडी भन्नुभयो“ ।आफ्नो घर पसल अगाडी मात्र सफा राख्न सके वरिपरीको वातावरण आफैमा सुन्दर र सफा हुनेछ”। उनले भने।संस्थाका अध्यक्ष रमेश नापितले यस कार्यक्रममा तलेजु परिसरमा आसिन ४० घरधुरीबाट एकजना अनिवार्य सहभागिताको अपेक्षा गरिएकोमा टोलबाट उत्साहजनक सहभागिताले गर्दा नै यो कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको भन्दै सहभागी सबैमा कृतज्ञताका साथ धन्यवाद दिनु भयो।

     

     

    कार्यक्रमको प्रमुख अतिथि टोखा नगरपालिका वडा नं २ का वडा अध्यक्ष दिपराज जोशीले कार्यक्रमको दिप प्रज्वलन गर्दै गमलामा फुल बृक्ष रोपी उद्घाटन गरि कार्यक्रमको सुरुवात गर्नुभएको थियोे । मनतव्यका क्रममा वडा अध्यक्ष जोशीले तलेजु क्वाखल टोल विकासकालागि टोलबासीहरुको उत्साहजन सहभागिता जनाइ एकजुट भइदिनाले आगामी दिनमा अझै यो टाेलमा थप हरेक विकास निर्माणमा वडाको तर्फबाट टोल विकासका लागि आवश्यक पर्ने बजेट माग आएमा वडा अध्यक्ष दिपक राज जोशीले वडाको तर्फबाट पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।

     

     

    अध्यक्ष जोशीले अर्को वर्षसम्म तलेजु क्वाखल टोल विकास संस्थाको कोषमा ५ लाख रुपैयाँ जम्मा गरिदिने बचनसमेत दिएका थिए । तलेजु परिसरलाई व्यवस्थित गर्नको लागि वडाबाट डिपिआर समेत तयार गरिसकेको बताउदै त्यसको लागि २५ लाख रुपैया यसै आर्थिक वर्षमा विनियोजित गरिएको समेत वडा अध्यक्षले कार्यक्रममा बताउदै उनले आफ्नो टोलको विकासका लागि सबै टोलबासीहरु एक जुट भएर अगाडि बढेकोमा टोलबासीलाई प्रसंशा गर्दै वडा र व्यक्तिगत तर्फबाट महान चाड बडादशैं , शुभ तिहार नेपाल संम्वतको शुभकामना दिए।

     

    कार्यक्रममा नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलले तलेजु क्वाखल टोल ऐतिहासिक सम्पदा टाेखामा जन्मिएकोमा आफुलाइ भाग्यमानी ठानेको बताउदै तलेजु क्वाखल टोल ऐतिहासिक दरवार टाेल नजिकै सुहाउँदो पाटी निर्माणका साथै ऐतिहासिक पुराना बस्तु स्थिति उत्पादनहरु समेटेर आन्तरिक वा विदेशी पर्यटकलाई देखाउन संग्राहलय बनाएर देखाएर यहाँका भाइबहिनीलाई रोजगार सिर्जना हुने उहाँले बताउदै यसलाई अझ राम्रो बनाउन टाेखा गेटदेखी गणेश स्थान टोलका सबै ढलान घरहरुलाई मौलिक स्वरुपमा परिवर्तन गरेर ऐतिहासिक झल्काउने बस्तु निर्माण तथा व्यवस्थापन गर्नु पर्नेमा उहाँले सुझाव दिए । उनले साँस्कृतिक संरक्षित क्षेत्र टोखाको बस्ती भित्रको घरहरु स्वरुपमा एकरुपता ल्याउन नगरपालिकाबाट ५० लाख छुट्याउएको ३ वर्ष बितिसक्दा पनि कार्यन्वयन नहुनु र यहाँका घरहरु दर्ता नहुनूले सो कार्यक्रम पुर्ण नहुनुका साथै त्यसलाई कार्यान्वय गर्न्को लागि अब वडाले पनि विशेष पहल गरिदिनुहुन सम्बन्धित वडाहरुलाइ अपिल गर्दै सबै टोखाबासी अब एकजुट भै अगाडि बढ्नु पर्नेमा उहाँले आफ्नो धारणा राख्नु भयो।

     

    शुभकामना आदानप्रदान तथा फुल वृक्ष रोप्ने कार्यक्रममा भगवती क्लबका मदनलाल श्रेष्ठ,जनप्रतिनिधि हेराकाजी महर्जन , टोखा देय नायः हेमराज श्रेष्ठ र फुटभलि संघ नेपालका अध्यक्ष मनिष जोशीले तलेजुको ऐतिहासिक महत्वको बारेमा चर्चा गर्दै आ-आफ्ना धारणा राखेका थिए।

     

    कार्यक्रममा तलेजु क्वाखल टोल विकास संस्थाका अध्यक्ष रमेश नापितले कार्यक्रम विसर्जन गर्दै तलेजु मन्दिर परिसरमा २२ वटा गमलाहरु राखिएको जानकारी गराएका थिए । सिमेन्ट डिजाइनर मंगलदास श्रेष्ठको तर्फबाट २ वटा गमला सहयोग प्राप्त भएको र बाँकी २० वटा प्रति वटा २२०० का दरले टोल विकास समितिकै खर्चबाट किनेको समेत कार्यक्रमा जानकारी दिदै उहाँले आफ्नो टोलको सरसफाइ तथा विकासमा टोलबासीहरुले आगामी भावी कार्यक्रमहरुमा पनि यही साथ र सहयोगका लागि अपिल पनि गर्नुभयो।

     

    तलेजु क्वाखल टोल बिकास संस्थाद्धारा बिजयादशमी तथा शुभ–दिपावली २०७७ को अवसरमा आज तलेजु मन्दिर परिसरमा शुभकामना आदानप्रदान, चियापान-समयबजी कार्यक्रमका साथै गमलामा फुल वृक्ष रोप्ने कार्यक्रममा टोखा नगरपालिका वडा नं २का अध्यक्ष दिपक राज जोशी,वडा कार्यालयका जनप्रतिनिधिहरु हेराकाजी महर्जन ,श्यामकृष्ण खड्गी , पन्चकुमारी श्रेष्ठ , नेपाल फुटभलि संघका अध्यक्ष मनिष जोशी ,नेवा गूठीका अध्यक्ष देवराज डंगोल,मुलनायो हेमराज श्रेष्ठ , भगवती क्लबका अध्यक्ष मदनलाल श्रेष्ठ , राजनैतिक दलका राष्ट्रमान श्रेष्ठ , जेष्ठ नागरिक दें थकाली १०५ वर्षिय तुल्सीनारायण श्रेष्ठ ,तलेजु मन्दिर रेखदेखमा अग्रणि भुमिका निभाउदै आउनुभएका जेष्ठ नागरिक सेते डंगोल , स्थानीय टाेलबासीहरु संचारकर्मी लगायतहरूको सहभागिता रहेको थियो। कार्यक्रम टोल विकास समितिका सचिव शेखर डंगोलले सञ्चालन गरेका थिए।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै