टाेखा लाइभ / नविना श्रेष्ठ
कार्तिक ६,२०७७
टोखा नगरपालिकामा पछिल्लाे चौबीस घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने
संक्रमितको सख्या १९९५ जना पुगेको छ। हाल सम्म सकृय संक्रमित ६९८ जना रहेको र अस्पतालमा ५२ जना रहेका छन्। भने निको हुनेको संख्या १२८१ जना पुगेको छ।
वडा गत विवरण अनुसार टाेखा नगरपालिकामा हालसम्म मृत्यु हुनेको संख्या ७ जना पुगिसकेका छन्। होम आइसोलेशनमा ६३९ जना रहेको र सम्पर्क विहिन भएका सख्या भने ७ जना रहेका छन्।
कार्तिक ५ गतेको वडा गत विवरण अनुसार कोरोना संक्रमित भएका महिला सख्या ३ जना रहेको र पुरुष सख्या ११ जना रहेका छन्। होम आइसोलेसनमा ८ जना रहेको र अस्पतालमा ५ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
हाल सम्म को कुल PCR परिक्षण गरेका हरुको सख्या ५९०८ जना पुगेको थियो।
जसमध्ये कुल सम्पर्क परिक्षण भने ३७११ जना रहेका छन्। CICT Team ले १४ जना लाई case Investigation गरेको छ।

