• TOKHA LIVE

    • ५ कार्तिक २०७७, बुधबार २०:४९

    कोरोनाले गर्दा टोखा नगरपालिका वडा नं -३ सेवा बन्द

    टोखा लाइभ ।टोखा नगरपालिका वडा नं ३ को जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएपछि वडाबासीहरुको लागि वडा कार्यालय कार्तिक १५ गतेसम्मको लागि बन्द सार्वजनिक सूचना जारी गरिएको छ।

    टाेखा नगरपालिका वडा नं ३ का अध्यक्ष सिहराज श्रेष्ठले जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टिसंगै कार्तिक ६ गतेदेखि १५ गतेसम्म वडा कार्यालय बन्द हुने बताउनु भयो तर स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ ।

    कोभिड नियन्त्रण र नागरिकको सेवामा निरन्तर खटिरहेका अवस्थामा सदस्यहरूलाई कोरोना सङ्क्रमण पुष्टि भएकोमा
    टोखा नगरपालिका वडा नं -३ ले स्वास्थ्यलाभको कामना गरेको छ ।

    टाेखा नगरपालिकाको तालिका अनुसार टोखा नगरपालिका वडा ३ मा संक्रमितको संख्या २३६ पुगेको छ । भने ९१ जना सकृय संक्रमित रहेका छन् , जसमध्ये १४५ जना निको भैसकेका छन् ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै