• TOKHA LIVE

    • ५ कार्तिक २०७७, बुधबार १८:४३

    टोखा नगरपालिकामा कोरोना संक्रमणवाट निको हुनेको संख्या १२३० पुग्यो, मृत्यु हुनेको संख्या ७ पुग्यो।

     

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक ५,२०७७

    टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १२३० जना रहेको छ। हाल सम्म मृत्यु हुनेको संख्या ७ जना रहेका छन्। भने सकृय संक्रमित सख्या ७३४ जना रहेको र होम आइसोलेसनमा ६७० जना रहेका छन्।
    अस्पतालको आइसोलेसनमा ५१ जना रहेका छन्। हाल सम्म सम्पर्क विहिन भएका सख्या भने ९ जना रहेको मा जम्मा संक्रमित सख्या १९८१ जना पुगेको छ।

    कार्तिक ४ गतेको वडा गत विवरण अनुसार संक्रमित भएका महिला सख्या २८ जना रहेको र पुरुष सख्या ४२ जना रहेका छन्। जम्मा संक्रमित सख्या ७० जना पुगेको छ। होम आइसोलेशनमा ५९ जना रहेको र अस्पतालमा मात्र ६ जना रहेका छन्। सम्पर्क विहिन भएका सख्या भने ५ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    हाल सम्म को कोरोना भाइरस संक्रमित रहेका मानिसहरूले PCR परिक्षण गरेका हरुको सख्या ५९०८ जना पुगेको छ। कुल सम्पर्कमा परिक्षण गरेका मध्ये ३७९१ जना रहेका छन्। CICT Team ले ७० जनाको Case Investigation गरेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै