• TOKHA LIVE

    • ३ कार्तिक २०७७, सोमबार १८:१३

    टोखा नगरपालिका प्रमुख अधिकारीलाई कोरोना संक्रमण :-

    टाेखा लाइभ ,कार्तिक ३ काठमाडौं

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। निरन्तर जनताको सेवामा  समर्पित भै टोखा नगरपालिकाको विकास निर्माण,  संरक्षण, प्रबर्द्धन र   सुरक्षित राख्न अहोरात्र जनताको सेवामा खटीरहदा हाल टाेखा नगरप्रमुख अधिकारीलाई  कोरोना पोजेटिभ देखिएको हो।

    कोरोना संक्रमण पोजिटिभ भएपछि हाल उहाँ केही दिन अघिदेखि होम आइसोलेसनमा बसिरहेका छन्

    टाेखा नगरप्रमुख अधिकारीको कार्तिक १ गतेको रिपोर्टमा पोजिटिभ देखिएको थियोे । टाेखा नगर प्रमुख अधिकारीले उच्च मनोबलका साथ यो कोरोना भाइरसलाई परास्त गरी आफू चाडै नै जनताको सेवामा फर्किने उहाँले बताउनु भएको छ।

    टाेखा नगरपालिकाको संस्कृति प्रेमी सम्पदा संरक्षण तथा प्राचिन ऐतिहासिक पुरातात्त्विक महत्त्वको सम्पदा जोगाउन लागिपरेका नगरप्रमुख अधिकारीले टाेखामा बाल्यकाल देखी नै चाडपर्वहरु मेला पर्वहरूमा प्रत्यक्ष सहभागी भै टाेखा नगरपालिकाको सांस्कृतिक ,सामाजिक ,भौतिक आर्थिक र राजनितीपक्षलाई नजिकबाट नियालेर टाेखा नगरपालिका समृद्ध निर्माणमा उहाँले योगदान  पुर्याएका थिए ।

     


    टोखा नगर प्रमुख अधिकारीलाई  कोरोना पोजिटिभ देखिएपछि सामाजिक संजालमा शुभ चिन्तकहरू तथा    टोखा नगरबासीले शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।

    यस अघि टाेखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना पोजिटिभ देखिएको थियोे । हाल उहाँले कोरोना भाइरसलाई परास्त गरिसकेकीढ छिन् । काठमाडौं उपत्यकाको महानगरपालिका पछि सबैभन्दा बढी कोरोना संक्रमित हुनेमा हाल टाेखा नगरपालिका परेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै