टाेखा लाइभ/कार्तिक १ गते
टोखा नगरपालिका पछिल्लो २४ घन्टामा थप ११
जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा थप संक्रमितमध्ये वडा नं ३ मा ३ जना, ५ मा १, ७ मा १ , ११ मा २ र अन्य ४ जना रहेका छन् ।
हाल टोखा नगरपालिकान्मा ११ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १,७१८ पुगेको छ ।भने १,०५९ जनाले कोरोना जितेर घर फर्किएका छन्, भने हाल सम्म ५ जनाको मृत्यु भइसकेको छ।
यस्तै हालसम्म ६५४ सकृय संक्रमित मध्य ५१८ जना होम क्वारेन्टाइनमा छन् भने ५५ जना आइसोलेसनमा छन्। हाल सम्मको टोखा नगरपालिकाको विवरण अनुसार होम आइसोलेसनमा ५१८ जना रहेको र अस्पतालमा भने ५५ जना रहेका छन्। १८ जना सम्पर्क विहिन छन् । हालसम्म ५,७१६ जनाको पीसीआर नमूना परीक्षण भएका छन्। त्यस्तै कुल ३,५९५ जनाको सम्पर्क परीक्षण गरेका छन् ।टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन केन्द्रमा १९ जना संक्रमित रहेका छन् ।
त्यस्तै टाेखा नगरपालिकाको पछिल्लो २४ घन्टामा थप
पहिचान (CICT) टिमले ११ जना संक्रमितहरूको सम्पर्क पहिचान गरि २७९ जनाको पीसीआर नमूना परीक्षणका लागि स्वाब संकलन गरिएको टोखा नगर स्वास्थ्य शाखाले जनाएको छ ।

