नविना श्रेष्ठ
टाेखा लाइभ असोज २८
टोखा नगरपालिका पछिल्लो २४ घन्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हाल सम्मको वडा गत विवरण अनुसार होम आइसोलेसनमा ५१४ जना रहेको र अस्पतालमा भने ५४ जना रहेका छन्। संक्रमित सख्या जम्मा ५९० जना रहेका छन्।
असोज २७ गते वडा गत विवरण अनुसार संक्रमित महिला सख्या १९ जना रहेको र पुरुष सख्या १८ जना रहेका छन्। भने जम्मा संक्रमित सख्या ३७ जना रहेको छ।
होम आइसोलेसनमा ३१ जना रहेको र अस्पतालमा ५ जना रहेका छन्।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसनमा ११जना रहेका छन् भने २ जना हिजो डिस्चार्ज भएका छन्।
कोरोना भाइरस संक्रमण हाल सम्म को कुल PCR परीक्षण गरिसकेका हरुको सख्या भने ५२४ जना रहेका छन्। भने पोषण खर्च वितरण भने २५५ जना लाई दिईसको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
हाल सम्म कुल PCR परीक्षण ५२३४ जना रहेको छ। भने कुल सम्पर्क मा आएका परिक्षण सख्या ३४२६ जना रहेका छन्।
( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

