• TOKHA LIVE

    • २८ आश्विन २०७७, बुधबार ०८:३७

    टोखा नगरपालिका वडा नं ७ धापासी विकास निर्माणमा उदाहरणीय :(-फाेेटाेे फिचर)

    टाेखा लाइभ / जय न्यौपाने
    काठमाण्डौ असोज २८

    टोखा नगरपालिका वडा नं ७ धापासी विकास निर्माणमा उदाहरणीय बन्दै गइरहेको छ। टोखा नगरपालिकाका वडा ७ तुलनात्मक रूपमा कोरोना भाईरस संक्रमण र त्यसको न्यूनीकरणका लागि जारी प्रयास थप सकृयता स्वास्थ्य परीक्षणको क्षेत्र दायरा वृद्धि स्वास्थ्य सचेतना कार्यक्रम सहित विकास निर्माणका हरेक छेत्रमा गरिएको उदाहरणीय कार्य प्रती टाेखा ७ वडा बासीहरुले जनप्रतिनिधिहरुलाई आभार व्यक्त गरेका छन्।

     

    स्थानीय सरकारको रुपमा निर्वाचित भएर जनप्रतिनिधिको रुपमा निरन्तर सेवारत रहि सकृय प्रतिनिधिको रूपमा जनताको मन जिन्न सफल भएका छन। हरदम सेवा मै सकृय रहने टाेखा नपा ७ का अध्यक्ष राना, बन्दाबन्दीका कारण रोकिएका विकास निर्माणका काम प्रती थप सकृयता सहित वडाका हरेक भेग मा विहानै उठेर निगरानी सहित भेटघाटमा सबेरै विकास निर्माण गतिविधि बारे जन – गुनासो आफ्नो वडाबासीको भावनात्मक सम्मान र सहकार्यमा ब्यस्त हुन्छन् वडा नं ७ धापासीका वडा अध्यक्ष प्रमुख नरोत्तम राना ।

    कोभिड – १९ मंहामारीलाई पनि जितेर सेवामा सकृय देखिएका अध्यक्ष रानाप्रती वडामा भएका विकास निर्माण कार्य धमाधम शुरु भएसगै वृद्ध र बालबालिका थप हौसिएका छन। युवाको पनि उतीकै सहभागिता सहित सहकार्यमा वडा अध्यक्ष नरोत्तम राना हरदम सकृय रहेको देख्दा वडाबासीहरूले वडाको गतिविधिको खुलेर प्रसंशा गरेका छन् ।

    टोखा नगरपालिका वडा नं ७ ले आर्थिक वर्ष २०७७/०७८ का वडास्तरीय विकास निर्माणका योजनाहरुको काम धमाधम शुरु गरिरहेको छ । दाहाल गाैडामा हरियाली मनमोहक सेल्फीपार्कको रूपमा युवाहरूको मोहसंगै वृक्षारोपण कुवा पाटी पौवा मन्दिर ढलनिकास बाटो सडक पेटी ढलान स्तरोन्नतीसंगै क्षेत्रगत अपरिहार्य समस्या तत्काल समाधान गरेकोमा वडाप्रती संम्मान र थप नमूना वडाकै रूपमा उदाहरणीय कायम रहि रहने बिस्वास ब्यक्त गर्छन वडा बासी ।

    बाटोमा अव्यवस्थित विजुली पोल व्यवस्थापन कार्य समेत सम्पन्न भैसकेको हाल वडास्तरी र प्रदेश सरकारको बजेटमा समेत विभिन्न विकास निर्माणका कामहरु भैरहेको आफ्नो वडालाई टाेखा नगरपालिकाकै उदाहरणीय वडा बनाउन आफु सकृय रहेको अध्यक्ष नरोत्तम रानाले बताएका छन् ।

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै