टाेखा लाइभ असोज २८ काठमाडौं
टाेखा नगरपालिका वडा ३ अवस्थित टाेखागेट सहायक मार्गका किसानहरुले हिजो टाेखा नगरपालिका वडा २ ,३ र टाेखा नगरपालिकामा सयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।टाेखा नगरपालिका भित्र पर्ने वडा ३ स्थित टाेखा गेट देखि दक्षिण पश्चिम हुदै वडा २ सपनातिर्थ सम्म पुग्ने सहायक मार्गलाई १२ (मिटर लगभग ३९.५ फिट) सम्म विस्तार गरि सडक स्तरोन्नति गर्ने योजना अन्तर्गत डिपिआर तयारका लागि हाल सो ठाँउमा सर्भे टाेली खटिसकेका छन्। हाल सोहि ठाँउ नजिकै भएर जाने बाहिरी आउटर रिङ्गराेड, सुरुङ्ग मार्ग समेत गरि बृहत इलाकालाई समेटेर स्मार्टसिटीको अवधारणा अन्तर्गत नगर विकासका लागी बस्ती र सडकका छुट्टै नयाँ संरचना खडा हुन लागे पछि सहायक मार्गका उपभोक्ता किसानहरु चिन्तित भएका छन् ।
हाल टाेखा नगरपालिकाको मुख्य बाटोको सामखुसी खण्डमा १२/१५ फिट भन्दा बढी सडक विस्तार हुन नसकेको परिप्रेक्षमा यस खण्डको साविक २४ फिटलाई थप विस्तार गरि ४० फिट कायम गर्नु अनावश्यक भएकोले २४ फिटलाई विस्तार गर्न टाेखागेट सहायक मार्गका उपभोक्ता जग्गावाला किसानहरु सहमत र मन्जुर छैनौं र यसको शख्त विरोध जनाउने छौ भनि टाेखा नगरपालिका वडा २ ,३ र टाेखा नगरपालिकामा सयुक्त रूपमा बुझाएको हस््ताक्षरित ध्यानाकर्षण- पत्रमा उल्लेख गरिएको छ।

२४ फिट भन्दा बढी ३२ फिट सम्म सडक विस्तार गर्दा उपभोक्ता किसानलाई जग्गाको उचित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग गरेको छ। साथै हालको २४ फिटभित्रै रहेर गर्ने भए रिटेनिङ्ग वाला,ड्रेन र मर्मत वा कालोपत्रे जो गर्नु पर्ने हो सोहि अनुसार योजना अगाडि बढाउन समेत किसान जग्गावालाहरुले जोडदार माग गरेको छ।

जनप्रतिनिधिहरु हाम्रै अहित हुनेगरि अगाडि बढ्नु हुनेछैन र हामीलाई प्रतिकारका लागि सडकमा आउन बाध्य पार्नु हुनेछैन भनि विश्वासका साथ टाेखागेट सहायक मार्गका ११० जना किसानहरुले हस्ताक्षर गरि ध्यानाकर्षण पत्र बुझाएका हुन््।





