• TOKHA LIVE

    • २६ आश्विन २०७७, सोमबार २०:५१

    टोखा ५ र ७ जोड्ने हेराल्ड चोकमा भयो पक्की ढलान:-

    शोभा तामाङ

    टाेखा लाइभ असोज २६ काठमाडौं ।
    टोखा ५ र ७ को सिमानामा पर्ने हेराल्ड चोकको मुल सडक ढलान भएको छ । टोखा नगरपालिकाको बजेटमा सम्पन्न गर्न लागिएको उक्त आयोजनाको सम्झौता रकम रु. २६,१३,७९९.३३ रहेको छ भने सोही बजेट अन्तर्गतमा शाहन्सा मुल सडकको उकालो बाटोको पनि ढलान पर्दछ ।

    साथै उक्त सडकमा टोखा नगरपालिकाबाट रु. २३,५०,००० र स्थानीय जनश्रमदानबाट रु. २६,३७,९९९.३३ बराबरको सहयोगमा सडक निर्माण गर्न लागिएको हो । सडक निर्माणका लागि उपभोक्ता समितिमा शाहन्सा संसारी टोल विकास संस्थाले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण प्रक्रिया अगाडी बढाएको उक्त सडकमा ढुङ्गा र रडहरु बिछ्यार्इ ८ इन्चको ढलान गरिएको छ । अब छिट्टै सडक सञ्चालनमा आउने वडा नम्बर ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिनुभयो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै