• TOKHA LIVE

    • २५ आश्विन २०७७, आईतवार २०:१२

    टोखा ५ मा कोरोना महामारीमा पनि धमाधम बाटो ढलान हुँदै:-

    शोभा तामाङ

    टाेखा लाइभ २५ असोज, काठमाडौं ।

    टोखा ५ धापासी देबि मार्गलाई पक्की बाटो बनाउने कार्यको सुरुवात भएको छ । टोखा नगरपालिका वडा नम्वर ५ को बजेट सहयोगमा सम्पन्न गर्न लागिएको उक्त आयोजनाको सम्झौता रकम रु. ३६,८०,३६४.८९ रहेको र उक्त ६ मिटर चौडाई, २५० मिटर लम्बाई भएको बाटोलाई केही दिन भित्रै पक्की बनाईने वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो ।

    साथै उक्त बाटोमा वडा नम्वर ५ को रु. ३३,००,००० र स्थानिय जनश्रमदानबाट रु. ३,८०,३६४.८९ बराबरको सहयोगमा बाटो निर्माण गरिने छ । बाटो निर्माणका लागि उपभोक्ता समितिमा धापासी देबि टोल बिकास संस्थाले टोखा नगरपालिकामा सम्झौता गरी निर्माण प्रक्रिया अघि बढेको उक्त बाटोमा ढुङ्गा र रडहरु बिछ्याउने काम सम्पन्न भएको छ ।अब छिटै धापासी देबि मार्ग ढलान भई सन्चालनमा आउने वडा नम्वर ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिनुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै