टाेखा लाइभ असोज २५ काठमाडौं :-
टाेखा नगरपालिकाले टाेखा नगरपालिका वडा ३ मा अवस्थित
ईन्द्रायणी सामुदायिक बन उपभोक्ता समिति टाेखालाई मेसिन वितरण गरेको छ। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज ईन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोललाई घॉस काटने एक / एक वटा आधुनिक मेसिन र रूख काट्ने chain saw आइतवार एक औपचारिक कार्यक्रममा उपलब्ध गराउनु भएको हो।
ईन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिले आवश्यक बन सामग्री माग गरेको हुनाले टाेखा नगरपालिकाले उपलब्ध गराएको बताउदै टाेखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले ईन्द्रायणी सामुदायिक बन सधै हरियाली सुन्दर बनाउन टाेखा नगरपालिकाको पनि कर्तव्य भएको मनसायले सो सामग्रीले सेवा प्रदान गर्न सकोस् र सो बनलाइ आवश्यक परेको खण्डमा टाेखा नगरपालिका सहयोग गर्न सधै तत्पर रहेको भन्दै नगरप्रमुख प्रकाश अधिकारीले कामना व्यक्त गर्नुभयो।

टाेखा नगरपालिकाले प्रदान गरेको मेसिनरी सहयोग प्राप्त गरेपछि ईन्द्रायणी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोलले टाेखा नगरपालिकालाई सामुदायिक बन उपभोक्ता समिति र व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्दै सो सामग्रीलाई पुर्णरूपमा बन पैदावरमा सदुपयोग गरिने बताए ।
टाेखा नगरपालिकाबाट ईन्द्रायणी सामुदायिक बन उपभोक्तालाई मेसिन हस्तान्तरण गरेको कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारी,प्रवक्ता बच्चु बस्याल,टाेखा नगरपालिका ५ का वडाध्यक्ष जगन्नाथ ढकाल ,उपभोक्ता समितिका अध्यक्ष सुर्यमान डंगोल र सदस्य हरि नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।

