• TOKHA LIVE

    • २५ आश्विन २०७७, आईतवार १८:०३

    टोखा नगरपालिकाका मेयरद्वारा गुर्जोको विरुवा नि:शुल्क वितरण:-

    २०७७ असोज २५ गते आइतवार

    टोखा लाइभ – टोखा नगरपालिकाको स्थानीय तहमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन आइतवार मात्र टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीले १ हजार वटा गुर्जो बिरुवाहरू निःशुल्क वितरण गरिएको छ ।

    आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी टोखाका विभिन्न पाखा र बारीमा रोप्न निःशुल्क बिरूवाहरू टोखा नगरपालिकालाई उपलब्ध गरेको हो । । टोखा नगरपालिकामा पनि गुर्जोको बिरुवा माग भएपछि नगर प्रमुख प्रकाश अधिकारी मार्फत टोखाका विभिन्न स्थान एवं पाखा पखेरो र कोरोना सङ्क्रमितका घरघरमा रोप्न उनले बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले बताए ।

     

    टोखा नगरपालिका क्षेत्रको वरपर गुर्जो रोपिने नगर प्रमुखले जनाएको छ । यसको साथै त्यहाँ कार्यरत कर्मचारीहरू र हाल कोरोना सङ्क्रमित भई आइसोलेसनमा बस्नुभएका व्यक्तिहरूलाई पनि गुर्जोको बिरुवा, गुर्जोबाट बनेको रोग प्रतिरोधी क्षमता बढाउने चियासमेत वितरण गरिने नगर प्रमुख प्रकाश अधिकारीले बताउनु भयो।

    “ समाजसेवी कमल वहादुर राजलवट प्रति म आभारी छु। म वहॉको परोपकारी मनबाट निकै प्रभावित भएँ। वहॉ जस्तो व्यक्ति यस समाजमा हामीलाई चाहिन्छ।वहॉलाई यस नगरपालिका बाट कुनै सहयोग चाहिएको खण्डमा हामी सहयोग गर्न प्रतिबद्ध छौं।” नगर प्रमुख प्रकाश अधिकारीले बताउनु भयो।

     

     

    कमल बहादुरले गुर्जोको बिरुवा बाँडेको टोखा नगरपालिका परिसरमा पनि धुलो र चियासमेत बाँड्दै कोरोना भाइरससँग जुधिरहेकालाई रोगविरुद्ध प्रतिरोधी क्षमता विकास गर्न पनि सहयोग पु¥याउँदै आएका छन् । खाली पेटमा मनतातो पानीमा गुर्जोको धुलो राखेर खाएमा तरो ताजा अनुभव हुने गरेको छ । यसले शरीरभित्र रहेका कीटाणु मारी मानिसलाई स्फूर्ति दिन्छ ।

    गुर्जोले मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधिको काम गर्ने गरेको छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । आयुर्वेदशास्त्रको ‘’यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावनाअनुसार टोखा नगरपालिकामा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

     

     

    गुर्जोको धुलो मनतातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको जानकारी पनि अभियानकर्मी राजलवटले जानकारी दिएका छन् । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने अभियानकर्मी राजलवटको प्रतिबद्धता छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै