• TOKHA LIVE

    • २४ आश्विन २०७७, शनिबार १८:४९

    ऐतिहासिक टोखाको तलेजु क्वाखल टोलमा बृहत सरसफाई:-( फाेटाे फिचर )

    टाेखा लाइभ असोज २४ काठमाडौं
    तलेजु क्वाखल टाेल बिकास संस्थाको आयोजनामा आज ऐतिहासिक टोखाको तलेजु क्वाखल टोलमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अाफ्नाे टाेल बस्ती अाफै सरसफाई गराै भन्ने मुल मर्मका
    सम्पन्न भएको सरसफाइ कार्यक्रममा तलेजु क्वाखल टाेल बिकास संस्थाबाट टाेलका ४० घर परिवारका सदस्यहरुकाे सहभागितामा तलेजु क्वाखल टोलमा बृहत सरसफाई कार्यक्रम उक्त तलेजु एरिया परिसरमा बृहत् सरसफाई कार्यक्रम आयोजना गरिएको हो।

    सांस्कृतिक संरक्षित क्षेत्र टाेखा नगरपालिका वडा न २ स्थित
    ऐतिहासिक टोखाको तलेजु मन्दिर क्वाखलमा सरसफाई तथा जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताउदै सो क्षेत्रको सरसफाई गर्नुका साथै कोरोना प्रकोप बाट बच्नका लागि जनचेतना मुलक सन्देस पनि प्रवाह गर्नको साथै यो अवस्थामा सरसफाइमा विशेष ध्यान जाओस् भन्ने उद्देश्यले पनि यो बृहत सरसफाई अभियान कार्यक्रम आयोजना गरिएको तलेजु क्वाखल टाेल बिकास संस्थाका अध्यक्ष रमेश नापितले बताउनु भयो।

     

     


    साथै उहाँले तलेजु क्वाखल टाेल बिकास संस्थाले बिगतमा पनि यस ऐतिहासिक धरोहर तलेजु मन्दिर क्वाखलमा सरसफाइ कार्यक्रम निरन्तर हालसम्म निरन्तर गर्दै आइरहेको र आउदा दिनमा पनि यो अभियानलाई निरंतरता दिने अध्यक्षले बताउनु भयो।

     

     

    तलेजु क्वाखल टोलमा बृहत सरसफाई कार्यक्रममा टाेखा नगरपालिका वडा २ का अध्यक्ष दिपक राज जोशी , वडा सदस्य हेराकाजी डंगोल तलेजु क्वाखल टाेल बिकास संस्था अध्यक्ष रमेश नापित र तलेजु क्वाखल टाेल बिकास संस्थाका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।

     

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै