• TOKHA LIVE

    • २४ आश्विन २०७७, शनिबार ०७:३७

    टोखा चण्डेश्वरी मन्दिरलाई फराकिलो र व्यवस्थित गर्न बागमती प्रदेश सभा सदस्य निरौला र शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख महर्जनको अनुगमन :-

    टाेखा लाइभ / नविना श्रेष्ठ
    असोज २४ काठमाडौं

    टोखा नगरपालिका वडा नं २ मा अवस्थित टोखा चण्डेश्वरी मन्दिरलाई फराकिलो व्यवस्थित गर्न र मन्दिरमा शोभा बढाउन हिजो काठमाण्डौ क्षेत्र नं ५ (२) वाट निर्वाचित बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला र साथमा शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख जनक राज महर्जन को उपस्थितिमा अनुगमन गरेका छन्।

    काठमाण्डौ क्षेत्र नं ५(२) वाट निर्वाचित बागमती प्रदेश सभा सदस्य दिपक निरौलाको आयोजनामा सो मन्दिर क्षेत्रमा संचालन भैरहेको विभिन्न योजनाहरुका बारेमा विशेष छलफल गरिएको हो। सो छलफलमा शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख महर्जन र वडा अध्यक्ष, जनप्रतिनिधि अन्य व्यक्तित्वहरुको साथमा स्थानियहरुको अन्तरक्रिया र विशेष कार्य सम्पन्न गर्ने बारेमा चर्चा गरिएको थियो। भने अन्य स्थानमा निर्माणाधीन योजनाका बारेमा पनि छलफल गरिएको थियो।

    गत वर्ष बागमती प्रदेश सरकार वाट विनियोजन गरिएको बजेटवाट ढुङ्गा विछाइएको थियो भने यस वर्षको ५० लाख बजेट वाट अन्य संरचना निर्माण गरिने जानकारी दिँदै प्रदेश सभा सदस्य निरौलाले मन्दिर मा फराकिलो आवस्यक स्थान व्यवस्थापनका बारेमा छलफल गरिएको बताएका छन्।

    सो छलफलमा शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख जनक राज महर्जनले प्रदेश सरकारवाट प्राप्त बजेटले
    जुन फराकिलो व्यवस्थापन निर्माण कार्यका लागि टेन्डर भएपछि कार्य सम्पन्न गर्ने बारेमा चर्चा गरिएको थियो। इन्जिनियर नवीन सुवालले भने निर्माण कार्य दसैं अगाडि गर्न नसक्ने बताए।

    यो कार्य टेन्डरमा पारेर गर्ने हो कि या स्थानीयलाई जिम्मा दिएर कार्य सम्पन्न गर्न हो त्यो विषयमा भने छलफल भइरहेको जानकारी दिनुभयो।

    उक्त छलफलमा आफ्नो धारणा राख्दै वडा नं २ का अध्यक्ष दिपक राज जोशी ले टोखा चण्डेश्वरी मन्दिर क्षेत्र को विकासमा स्थानीय बीच समान र साथ भएसगै संघीय प्रदेश र स्थानीय सरकारले संयुक्त पहल गरेर सो क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउदै उहाँले मन्दिर परिसरमा धार्मिक स्थललाई धार्मिक सांस्कृति झल्कने गरी मन्दिर निर्माण गर्न स्थानीय सरकार, जनप्रतिधी, स्थानीय हरुको साथ मा निमार्ण कार्य गर्न सकिने र अहिले चण्डेश्वरीमा गेट निर्माण भइरहेको छ। भने ८ लाखको पर्यटकीय स्थल निर्माण गर्न बजेट अनुसारले भ्याएसम्म यो एरियालाई फराकिलो गर्ने खोलाको छेउछाउ वाल बनाउने र झरना , पिकनिक स्पोट बनाउने योजना रहेको जोशीले बताए।

    त्यसै गरि सो अनुगमनमा चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका सचिव कृष्ण खत्रीले पहिला काठमाण्डौ उपत्यका विकास प्राधिकरणको तर्फबाट गुरुयोजना बनाएर निर्माण कार्य गरेको हो। भने अहिले प्रदेश सरकारवाट ५० लाख बजेट परेको र यस बजेटवाट पनि समितिको तर्फबाट ब्यबस्थित निर्माण कार्य भए झनै राम्रो हुने साथैयस वर्ष वडाबाट चण्डेश्वरी मन्दिरको पनि ३ देखि ४ तलासम्म निर्माण गर्ने प्रस्ताव आएकोमा सो प्रस्तावलाई चण्डेश्वरी समितिले साथ दिने बताउदै खत्रीले यो वर्ष भने गेट बनाउन वडावाट १० लाख बजेट प्राप्त भएको जानकारी दिनुभयो। टोखा चण्डेश्वरी मन्दिर परिसरमा धार्मिक क्षेत्रमा विकासका निम्ति प्रदेश सरकार वाट बजेट छुट्याइएकोमा प्रदेश सरकारलाई खत्रीले धन्यवाद ब्यक्त गर्नु भयो।

    टोखा चण्डेश्वरी मन्दिरलाई फराकिलो र व्यवस्थित गर्नको लागि भएको अनुगमनमा बागमती प्रदेशका प्रदेश सभा सदस्य दिपक निरौला, शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख जनक राज महर्जन, टोखा नगरपालिकाका वडा नं २ का अध्यक्ष दिपक राज जोशी र वडा सदस्य हेराकाजी डंगोल ,इन्जिनियर नवीन सुवाल , चण्डेश्वरी मन्दिर निर्माण तथा संरक्षण समितिका सचिव कृष्ण खत्री र स्थानिय लगायतको उपस्थिति रहेको थियो।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै