• TOKHA LIVE

    • २३ आश्विन २०७७, शुक्रबार १०:३१

    कोरोनालाई जितेर चादै जनसेवामा सक्रिय हुनेछु : ज्ञानमाया डंगोल उप- प्रमुख टोखा नगरपालिका

    टाेखा लाइभ / नविना श्रेष्ठ
    असोज २३,काठमाडौं

    जनताको सेवामा अहोरात्र खटिरहेकी टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोललाई कोरोना पोजेटिभ देखिएको छ । बिहीबार आएको रिपोर्टअनुसार उहाँको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।कोरोना संक्रमण पुष्टि भएपछि नगर उपप्रमुख ज्ञानमाया डंगोलले सामाजिक संजाल मार्फत् आफुलाई कोरोना संक्रमण भएको जानकारी गरेकी हुन् ।
    टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले आफू छिटै कोभिड-१९ कोरोना संक्रमण मुक्त हुने विश्वास व्यक्त गरेकी छिन्। उनले आफूलाई संक्रमण पुष्टि भए सँगै होम आइसोलेसनमा बसेको आज ५ दिन भएको जानकारी दिँदै स्वास्थ्य अवस्था सामान्य रहेको र चाडै कोरोना जितेर जन सेवामा फर्किने बताएकी छिन्।

     

    टोखा नगरपालिकाको वडाबासी हरुको सेवामा दिन रात नभनी कोरोना प्रकोप नियन्त्रण रोकथाम अभियानमा सक्रिय रहँदै नगर कार्यालयवाट सेवा प्रदान गर्दै आएकी नगर उप प्रमुख डंगोलले कोरोना संक्रमण देखिए सँगै अहिले उनी होम आइसोलेसनमा बसेकी छिन्।

    कोरोनाको अलि केहि लक्षण पहिला देखिएको भन्दै सुरुमा।
    पनि अहिले भने स्वास्थ्य अवस्था ठिक रहेको बताउँदै डंगोलले कोरोनालाई पराजित गर्न सक्ने आत्म विश्वास आफू संग रहेको बताएकी छिन्।

    टोखा लाईभ संग कुरा गर्दै अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै निरन्तर जनताको लागि अग्रमोर्चामा रहेर सेवामा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन उनले भनिन,, निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न सबै वडा बासिहरुलाई बिना काम भिडभाडमा नजान र जानै परे पनि स्वास्थ्य सुरक्षामा ध्यान दिई सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कदा अनिवार्य रुपमा सहि तरिकाले माक्स लगाउन र स्यानिटाजर प्रयोग गरी सम्भव भए सम्म २ मिटरको दूरी कायम गरी विशेष सतर्कता अपनाउन सबैमा अनुरोध गरेकी छिन्।

    यस कोरोना भाइरस संक्रमणलाई हेलचेक्राइँ नगरी बस्ने अवस्था अहिले नभएको र झन- झन यो रोग बढेकोले आम नगरवासीहरुलाई अत्यन्तै सावधानी पूर्वक सुरक्षित रहन अपिल गरेको छ।
    अहिले को अबस्था झन जटिल भएको नगर मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेकी छिन्।

    विभिन्न माध्यमबाट आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै जनप्रतिनिधि आफ्नो दायित्वबाट पन्छिन नमिल्ने हुँदा सामाजिक दूरी कायम गरी सतर्कता साथै काम गरिरहेको अवस्थामा आफूलाई संक्रमण भएको हुन सक्ने बताइन् ।

    यो रोग हामी जो कोहीलाई पनि लाग्न सक्ने हुँदा संक्रमितको मनोवल बढाउन अनुरोध गरेकी छिन्। टोखा नगरपालिकाका वडा बासीहरुलाई र शुभ चिन्तकहरुले गरेको सदभाव र सुभेच्छा तथा स्वास्थ्य लाभको कामनाले गर्दा कोरोना जित्ने आत्मबल मिलेको भन्दै सम्पूर्णमा धन्यवाद दिँदै सुरक्षित रहन अनुरोध गरेकी छिन्।

    टाेखा नगर उपप्रमुख ज्ञान माया डंगोलले “कोरोना भनेको सामान्य होइन है नगरबासीहरु सुरक्षित हुनु अत्यन्त जरुरी छ मैले सुरक्षा अपनाउदा अपनाउदै पनि मलाइ पोजेटिभ भयो । घाँटी दुखेर अलि कमजोरी महसुस भएर सोमबार टेस्ट गरेको थिए। बुधबार बिहान ४ बजेदेखी टाउको दुख्यो र बान्ता पनि भयो र आजसम्म पनि टाउको भारी भैरहेको छ। कसैलाई नगरपालिकाको कामले केही अप्ठ्यारो पर्यो भने फोन गर्नु होला म हेरेक क्षणमा तपाइहरुको साथमा छु। घरमा बसि आफुले गर्न मिल्ने कार्य र सहकार्य गर्न प्रतिबद्ध छु।” भन्दै डंगोलले सामाजिक संजालमा आफ्ना विचार व्यक्त गरेकी छिन् ।

    टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले कोरोना भाइरसलाई चादै परास्त गर्न सकोस् मनोबल उच्च बढाेस् ‘ टाेखा लाइभ परिवार’ शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछ।

     

     

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै