• TOKHA LIVE

    • २१ आश्विन २०७७, बुधबार १५:००

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या १११७ पुग्यो,

     

    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज २१ काठमाडौं

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या १११७ जना पुगेको छ। ५ जनाको मृत्यु भइसकेका छन्। संक्रमित महिला सख्या ४९१ जना रहेको र पुरुष सख्या ६२६ जना रहेका छन्। हाल सम्म सकृय संक्रमित सख्या ४०१ जना रहेको र निको हुनेको संख्या भने ७११ जना रहेका छन्।

    कोभिड-१९ कोरोना भाइरस संक्रमित सख्या दिन प्रतिदिन बढ्दै गएको कारणले धेरै मानिसहरू होम आइसोलेसनमा नै बसेको देखिएको छ। जस मध्ये हाल सम्म होम आइसोलेसनमा बस्नेको सख्या ३३९ जना रहेको र अस्पतालमा बस्नेको सख्या ४८ जना मात्र रहेका छन् भने सम्पर्क विहिन भएका सख्या १४जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    असोज २० गरेको वडा गत विवरण अनुसार संक्रमित महिला सख्या ११ जना रहेको र पुरुष सख्या ११ जना गरी जम्मा संक्रमित सख्या २२ जना पुष्टि भएको छ।

    जस मध्ये होम आइसोलेसनमा बस्नेको सख्या भने २० जना छन् भने अस्पतालको आइसोलेसनमा मात्र १ जना रहेको उपप्रमुख डंगोलले बताए।

    CICT Team ले २२ जना थप नयाँ संक्रमित हरुको case Investigation गरेको छ। हिजो टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना कोरोना लाई जितेर घर फर्केका छन् भने १ जना थप नयाँ संक्रमित भर्ना भए सँगै हाल सम्म १७ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
    टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमित हरुको सम्पर्कमा परिक्षण को दायरामा ल्याइएको ३०४२ जना रहेका छन् भने जना PCR परीक्षण गरिसकेका हरुको सख्या ४७६२ जना पुगेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताए।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै