नविना श्रेष्ठ
टाेखा लाइभ असोज २०,
टोखा नगरपालिका वडा नं २ अवस्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र नगर आइसोलेसन केन्द्रबाट चार जनाले आज कोरोना सङ्क्रमितहरु कोभिड-१९ लाई जितेर घर फर्केका छन्।

१४ दिन आइसोलेसनमा बसेर निको भएपछि चार जनालाई आज दिउँसो टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलले डिस्चार्ज गरि बिदाइ गरिएको हो।

कोभिड-१९ कोरोना भाइरस संक्रमणबाट निको भएकाहरुलाई विदाइ गर्ने क्रममा टाेखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी तथा वडा सदस्य लगायतको उपस्थिति रहेको थियो।

