नविना श्रेष्ठ
टाेखा लाइभ असोज १९,काठमाडौं
टोखा नगरपालिकामा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगेै संक्रमितको संख्या १०५२ पुगेको छ।
हाल सम्म महिला सख्या ४५८ जना रहेको र पुरुष सख्या ५९४ जना रहेका छन्। सकृय संक्रमित ३६६ जना रहेका छन्। भने ६८१ जना निको भइसकेका छन्।
टोखा न.पा.का भरीमा हाल सम्म ५ जनाको मृत्यु भएका छन्।
कोरोना सकृय संक्रमित मध्ये होम आइसोलेसनमा ३०७ जना रहेको र अस्पतालको आइसोलेसनमा बस्ने ४७ जना रहेका छन्। भने १२ जना सम्पर्क विहिन भएका छन्।
असोज १८ गते वडा गत विवरणर अनुसार थप भएका महिला संक्रमित सख्या २८ जना रहेको र पुरुष सख्या २३ जना गरी जम्मा संक्रमित सख्या ५१ जना संक्रमित थपिए छ।
जस मध्ये होम आइसोलेसनमा ४२ जना रहेको र अस्पतालमा ७ जना रहेका छन्। सम्पर्क विहिन २ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
CICT Team ले ५१ जनाको case Investigation गरेको छ।
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना नयाँ थप संक्रमित भर्ना सँगै २४ जना संक्रमित आइसोलेसनमा रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छन्।
वडा गत विवरण अनुसार
वडा नं १मा १ जना,
वडा नं २मा ३ जना
वडा नं ३मा ८जन
वडा नं ४मा २जन
वडा नं ५मा ४जना
वडा नं ६मा ६जना
वडा नं ७मा ५जना
वडा नं ८मा ५जना
वडा नं ९मा ४जना
वडा नं १०मा २जन
वडा नं ११मा ५जना
गरी अन्यमा ६ जना संक्रमित थपिए सँगै हाल सम्म को संक्रमित सख्या ५१ जना रहेका छन्।
( नविना श्रेष्ठ सुशासन समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

