• TOKHA LIVE

    • १८ आश्विन २०७७, आईतवार १४:०४

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या १००१ पुग्यो:-

     

    टाेखा लाइभ / नविना श्रेष्ठ
    असोज १८ काठमाडौं
    टोखा नगरपालिकामा  कोरोना सङ्क्रमितको सख्या १००१ पुगेको छ। संक्रमित भएका पुरुष सख्या ५७२ जना रहेको र महिला सख्या ४२९ जना रहेका छन्।
    हाल सम्म सकृय संक्रमित ३१७ जना रहेको र निको हुनेको संख्या ६८० जना रहेका छन्। ४ जनाको मृत्यु भइसकेको छ। सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या भने २६५ जना रहेको र अस्पतालको आइसोलेसनमा ४२ जनाका छन्। १० जना भने सम्पर्क विहिन भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
    वडा गत विवरण अनुसार वडा नं १मा – २४ जना
    वडा नं २ मा ५४ जना
    वडा नं ३ मा ११७ जना
    वडा नं ४ मा ४९ जना
    वडा नं ५ मा १०९जना
    वडा नं ६ मा १०५ जना
    वडा नं ७ मा १०८जना
    वडा नं ८मा १११ जना
    वडा नं ९मा ६६ जना
    वडा नं १०मा ८२ जना
    वडा नं ११ मा-७६जना अन्यमा २६ जना गरी संक्रमित सख्या १००१ जना रहेका छन्।
    CICT Team ले ६ जना नयाँ थप संक्रमित हरुको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना थप संक्रमित भर्ना भए सँगै हाल सम्म २२ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन् ।
    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

    तपाइँको प्रतिक्रिया ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै