• TOKHA LIVE

    • १७ आश्विन २०७७, शनिबार १०:१०

    टोखा नगर शिक्षा समितिले पारित गर्यो शैक्षिक निर्देशिका:-

     

    टोखा नगर शिक्षा समितिले पारित गर्यो शैक्षिक निर्देशिका

    टाेखा लाइभ असोज १७ काठमाडौं

    (शोभा तामाङ्ग)
    हाल बड्दो रुपमा रहेको कोरोना संक्रमणले नेपालमा पनि प्रत्यक्ष प्रभाव पारिरहेको छ । अन्य क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि यस महामारिले प्रत्यक्ष प्रभाव पारिरहेको छ ।विद्यार्थीहरुलाई परेको प्रत्यक्ष प्रभाव र शिक्षा क्षेत्रमा परेको नकारात्मक असरलाई न्युनिकरण गर्न साथै सबै विद्यार्थीहरुलाई विभिन्न माध्यमबाट अध्ययन अध्यापन गर्न गराउन टोखा नगर शिक्षा समितिले शैक्षिक निर्देशिका पारित गरेको छ । सोही निर्देशिकाअनुसार कार्य सन्चालन गर्ने बिषयमा टोखा ५ का संस्थागत बिद्यालयका प्र.अ.हरु सङ्ग टोखा ५ स्थित बसुन्धारा नेसनल एकेडेमी प्राङ्गणमा वडाध्यक्ष जगन्नाथ ढकालको रोहवरमा छलफल गरिएको वडा स्रोतले जानकारी दिएको छ ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै