काठमाडौं ,असोज १७।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा नेपाल सरकारका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले नेकपा बुढानिलकण्ठका स्वयंसेवकहरुलाई जनताको समस्या आफ्नो मानेर काम गर्नका लागि निर्देशन दिएका छन।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) बुढानिलकण्ठले कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम र स्थानीय सरकारले संचालन गर्ने विकास अभियानमा सहयोग गर्नका लागि बनाएको स्वयंसेवक दस्ताहरु संगको भेटघाटमा डा. भट्टराईले काठमाडौं क्षेत्र नम ४ का जनता संग निर्वाचन दौरानमा गरेका वाचा पुरा गर्न आफु सधै प्रतिवद्द रहेको बताउदै त्यसका लागि स्वयंसेवक र स्थानीय पार्टीका नेता कार्यकर्ताले सधै जनतालाई केन्द्र भागमा राखेर गतिविधि गर्नुपर्ने बताएका छन।
आफुले निर्वाचनमा मत माग्न जनतालाई हारेपनि जितेपनि सधै जनताकै माझमा रहने भनेर गरेको वाचा स्मरण गर्दै डा.भट्टराईले क्षेत्र नं ४ को विकास र यसको गौरव प्रवर्धनमा सधै सक्रिय रहदै आएको र आगामी दिनमा पनि विकास,जनहित र स्थानीय सरोकारका विषयमा सचेत रहेको बताएका थिए।
निर्वाचनमा खानेपानीको विषयमा आफुले गरेको वाचा सम्झिदै डा.भट्टराईले यसका लागि काठमाडौं क्षेत्र नं ४ मा बुढानिलकण्ठ नगरपालिकाका ८ वटै वडा र काठमाडौं महानगरपालिकाका चक्रपथ बाहिर रहेका स्थानमा मेलम्ची खानेपानी आयोजनाको विस्तारका लागि काम शुरु भैसकेको जानकारी दिदै धोवीखोला कोरिडोरलाई नौलिन थान सम्म पुर्याउन आफुले खेलेको भूमिकाका वारेमा चर्चा गरेका थिए।
काठमाडौं क्षेत्र नं ४ (२) का विभिन्न वडाहरुमा जनताको सेवामा सक्रिय रहेका स्वयंसेवक र जनप्रतिनिधिहरुलाई संबोधन गर्दै स्थानीय तहमा थप दिर्घकालिन महत्वका योजना निर्माण गर्न निर्देशन दिदै डा.भट्टराईले कुनै समस्या परेमा आफुलाई सम्पर्क गर्नका लागि आग्रह गरेका थिए।
भेटघाटमा सहभागी रहेका जिल्ला कमिटिका सदस्यहरुलाई तल्लो कमिटीलाई सल्लाह ,सुझाव र मार्ग निर्देसन गर्न आग्रह गर्दै डा.भट्टराईले कुरा भन्दा कामलाई आफुले सधै प्राथमिकतामा राखेको र काठमाडौं क्षेत्र नं ४ का जनताले त्यसलाई बुझ्ने विस्वास व्यक्त गरेका थिए।
काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडाहरुमा विकास निर्माण र जनहितका विभिन्न अभियान संचालनको शुरुवात सो भेटघाट बाट भएको बताउदै डा. राजन भट्टराईले कुरा गरेर मत जित्ने र काम गरेर मन जित्ने विचको फरक छुट्टाउन क्षेत्रका जनता सक्षम भएको आफुलाई विस्वास व्यक्त गरेका थिए।

