जय न्यौपाने
टाेखा लाइभ असोज १४ ,काठमाडौं
टोखा नगरपालिकाको वडा नं ४,५,६ र ७ मा असोज १४ गते आजबाट विभिन्न स्थानमा रहेका सामुदायिक कुकुरलाई नि:शुल्क रेविज विरुद्ध खोप लगाइएको छ।
टोखा नगर पशु सेवा शाखाको आयोजनामा वडाका विभिन्न स्थानहरूमा आज बिहान ७ बजे देखि दिउँसो १ बजे सम्म टाेखा नगरपालिका वडा नं ४,५,६ र ७ मा रहेका प्रत्येक वडाका सामुदायिक कुकुरहरु लाई रेबीज रोग बिरुद्धको खोप वडा भित्रका प्रत्येक बस्ती सडक पेटीमा बस्ने घर छाडा बेवारीसे कुकुरहरुलाई पनि रेबिज रोग विरुद्धको खोप लगाइएको हो।

( जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् ।)

