नविना श्रेष्ठ
टाेखा लाइभ असोज ११ काठमाडौं
टोखा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको सख्या ७८१ जना पुगेको छ।
टाेखा नगरपालिकामा हाल सम्म मृत्युको सख्या ३ जना रहेका छन्। थप संक्रमित सख्या मा महिला सख्या ९ जना र पुरुष सख्या १६ जना रहेका छन्।भने होम आइसोलेसनमा २१ जना रहेको र अस्पतालमा ४ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित भएका जम्मा महिला सख्या ३२९ जना रहेको र पुरुष सख्या ४५२ जना पुगेको छ। जम्मा संक्रमित सख्या भने ७८१ जना रहेका छन्। यस मध्ये सकृय संक्रमित ४०१ जना रहेको मा निको भई घर फर्किएको सख्या ३७७ जना पुगेको छ।
कोरोना भाइरस सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या भने ३१९ जना रहेको र अस्पतालमा ७७ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन्।
टोखा नगरपालिका वडा नं ७ तिलिङटार मा.वि मा जम्मा १५१जना को PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ। CICT Team ले २५ जना थप संक्रमित Case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १ जना थप संक्रमित भर्ना गरिएको र ५ जना कोरोना लाई जितेर घर फर्केका छन्। भने बाँकी १४ जना कोभिड-१९ संक्रमित हरु रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन् ।
टोखा नगरपालिकाको वडागत विवरण यस प्रकार रहेका छन् ।
वडा नं १मा – २१जना
वडा नं २मा-४७जना
वडा नं ३मा-८९जना
वडा नं ४मा -४३जना
वडा नं ५मा -८३जना
वडा नं ६मा-८६जना
वडा नं ७मा -७९जना
वडा नं ८मा -८४जना
वडा नं ९मा-५१जना
वडा नं१०मा-६४जना
वडा नं ११मा -५६जना
अन्य मा -७८ जना गरी जम्मा संक्रमित सख्या ७८१ जना रहेको छ।
( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

