• TOKHA LIVE

    • ९ आश्विन २०७७, शुक्रबार १६:५२

    टोखा नगरपालिकाको भवन निर्माणका लागि सम्झौतामा हस्ताक्षर / यस्तो छ भवन:-

    टाेखा लाइभ ,असोज ९ काठमाडौं

    ।टोखा नगरपालिका र जिल्ला समन्वय समिति काठमाडौ बिच  असोज ९ गते आज ६०/४० अवधारणा अनुसार एक सम्झौतामा हस्ताक्षर भएको छ। टाेखा नगरपालिका भवन निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौंले ७ करोड ५९ लाख १९ हजार ३३७ रुपैया सहयोग गर्नेछ भने टोखा नगरपालिकाले ५ करोड ६ लाख १२ हजार ८ सय ९१ रुपैया बजेट व्यवस्था गर्नेछ ।  टोखा नगरपालिकाको प्रशासनिक भवनको कुल लागत १२ करोड ६५ लाख ३२ हजार २२९ रुपैया रहेको छ।

    जिसस काठमाडौंका प्रमुख शिव सुन्दर राज बैध र टोखा नगरपालिका प्रमुख प्रकास अधिकारीले एक अर्कामा हस्तान्तरण गरेको सो भवन निर्माण सम्झौतामा जिसस काठमाडौंका तर्फ बाट जिल्ला समन्वय अधिकारी पिताम्बर अधिकारी र टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले हस्ताक्षर गरेका छन।

    सम्झौता पत्र आदानप्रदानको अवसरमा जिसस काठमाडौंका उपप्रमुख सरिता दाहाल र  टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोलको पनि उपस्थिति रहेको थियो। फाेटाे : कपनअनलाइन

    यस्तो छ सम्झौता पत्र ;

    Facebook Comments

    छुटाउनुभयो कि? सबै