• TOKHA LIVE

    • ८ आश्विन २०७७, बिहीबार १९:२५

    टाेखा स्वास्थ्य केन्द्रमा शिशुहरूलाई खोप लगाइयो ।

    नविना श्रेष्ठ

    टाेखा लाइभ असोज ८ ,काठमाडौं

    विश्वभर फैलिएको (कोभिड-१९) कोरोना भाइरस को कारणले गर्दा जन्मेदेखि १५ महिनाको बालबालिकाहरूले खोप लगाउन पाएको थिएन।
    लकडाउन खुकुलो सँगै हिजो टाेखा स्वास्थ्य केन्द्रमा पुन: खोप लगाउने अभियान सुरु भएको छ।
    महिनाको दुई पटक ७ गते र २४ गते नियमित खोप लगाउन नपाएका बालबालिकाहरुलाई टाेखा वडा नं २ का स्वास्थ्य केन्द्रमा खोप संचालन अभियान सुरु भएको नर्स सुशीला मानन्धरले जानकारी दिदै नियमित खोप संचालन अभियानमा आफूसँगै ५ जना टिम खटिएको उहाँले बताएकी छिन् ।
    लामो समय पछि खोप लगाउन आएका अभिभावकहरुको भिड छिचोल्न नसकेको नर्स सुशीला मानन्धरले बताइन्।
    नियमित खोप लगाउने अभियान अब यही महिनाको २४ गते सम्म रहने छ।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै