नविना श्रेष्ठ
टाेखा लाइभ असोज ७,काठमाडौं
टोखा नगरपालिकामा पछिल्लो २४ घन्टामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ७०८ पुगेकाे छ।
हाल सम्म मृत्यु हुनेको संख्या ३ जना रहेको छ। टोखा नगरपालिकामा सकृय संक्रमित मध्ये होम आइसोलेसनमा २१८ जना रहेको र अस्पतालमा बस्ने सख्या ८२ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिकाको अनुसार टाेखा नगरपालिकामा थपिएकाहरु वडा नं २मा ३ जना,
वडा नं ३मा १२ जना,
वडा नं ४मा २ जना,
वडा नं ५मा ५ जना,
वडा नं ६मा ६जना,
वडा नं ७ मा ६जना,
वडा नं ८मा ३ जना,
वडा नं ९मा ७ जना,
वडा नं १०मा २ जना,
वडा नं ११मा २ जना र अन्य मा ६ जना गरी जम्मा ५४ जना नयाँ संक्रमित रहेका छन्। टोखा नगरपालिकामा (कोभिड-१९)कोरोना भाइरस संक्रमित जम्मा महिला सख्या ३०५ जना रहेको र पुरुष सख्या ४०३ गरी संक्रमित संख्या जम्मा ७०८ पुगेका हुन् ।
टोखा नगरपालिका तिलिङटार मा. वि वडा नं ७मा ४६ जनाको PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ। CICT Team ले ५४ जना नयाँ संक्रमित हरुको case Investigation गरेको छ।
मंगलबार टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ जना निको भई घर फर्केका छन्। हाल सम्म संक्रमित सख्या भने २४ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकी छिन्।

( नविना श्रेष्ठ सुशासन र समृद्धिको लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

