नविना श्रेष्ठ
टाेखा लाइभ असोज ७ काठमाडौं
टाेखामा बाल विकास क्लबको सहयोगमा र मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाबाट संक्रमित महानुभावहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हिजो टाेखामा कोरोना संक्रमितलाई पोसिलो खाद्यान्न वितरण गरिएको छ ।
टाेखा २ मा रहेको बाल विकास क्लब र वडा नं ३ मा रहेको मिर्मिरे बचत तथा ऋण सहकारी संस्था मिलेर कोरोना रिपोर्ट पोजेटिभ भएका बिरामीहरु टोखाको वडा नं-२ र वडा नं-३ मा जति पनि संक्रमित रहेका छन् ती सबै जनालाई पोसिलो खाद्यान्न वितरण गर्न बाल विकास क्लबका पदाधिकारीहरु र मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजवीर डंगोल आफै पनि आइसोलेसनमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र संक्रमण भएका महानुभावहरूको आत्मबल बढाउनको निम्ति पनि पोसिलो खाद्यान्न वितरण गरेको सहकारी अध्यक्ष राजवीर डंगोलले बताउनुभयो।

आइसोलेसनमा रहेका संक्रमित, र होम आइसोलेसनमा रहेका सबै संक्रमितहरुलाई आत्मबल, थप प्रेरणा बढाउन पोसिलो खानेकुरा काजु, बदाम,अनार, ल्वाङ, दाख, स्याउ, अण्डा, जेरी यी चिजहरु खाएमा रोगसँग लड्नसक्ने क्षमता बढाउने भएकोले आफूहरुले यो कदम क्लब र सहकारी मिलेर अघि बढेको बताउदै अध्यक्ष डंगोलले सहकारी सदस्यहरूलाई मात्र होइन टोखाका कोड एरियामा जति पनि संक्रमितहरु छन् ती सबै जनालाई जस्तै होम आइसोलेसनमा बसेका र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा बसेका सबैलाई पोसिलो खाद्यान्न वितरणमा बाल विकास क्लब र मिर्मिरे सहकारीको टिम समेत लागेको सहकारी अध्यक्ष राजवीर डंगोलले बताउनुभयो।साथै उहाँले कोरोना सङ्क्रमित सबैलाई सु- स्वास्थ्यको कामना व्यक्त गर्नुका साथै आइसोलेशनमा सबै संक्रमित बिरामीहरूलाई थप प्रेरणा, आत्मबल बढेकोमा खुसी लागेको बताउनु भयो।
टाेखा चण्डेश्वरी आइसोलेसन केन्द्रमा कोरोना संक्रमितलाई पोसिलो खाद्यान्न वितरण कार्यक्रममा सहभागी टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले बाल विकास क्लब र मिर्मिरे बचत तथा ऋण सहकारी संस्थाले जुन कदम अगाडि बढाउदै संक्रमितहरु सबैको आत्मबल बढाउनु भयो त्यो सराहनीय कार्य भएको बताउदै उपप्रमुख ज्ञानमाया डंगोलले क्लब र सहकारीलाई धन्यवाद व्यक्त गरिन्।
( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )

