• TOKHA LIVE

    • ६ आश्विन २०७७, मंगलवार १९:५६

    टोखा वडा नं २ मा होम आइसोलेसनका सङ्क्रमितलाई हाइजनिक किट वितरण:-

    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज ६ काठमाडौं

    टोखा नगरपालिका वडा नं २ले पहिलो चरणमा १२ जना कोरोना पोजेटिभ भएका संक्रमितहरुलाई घर घरमा हाईजनिक किट वितरण गरिएको छ। बाँकी संक्रमितहरुलाई नपुग किट मगाएको र आएपछि सबै पोजेटिभ भएका व्यक्तिहरूलाई घर घरमा किट दिने टाेखा वडा-२ का अध्यक्ष दिपक राज जोशीले बताए।

      

    हिजो साँझको समयमा कोरोना भाइरस (कोभिड-१९) रिपोर्टमा पोजेटिभ देखिएका र होम असोलेसनमा बसेका संक्रमितहरुलाई घरमै गई किट वितरण गरिएको कार्यक्रममा वडा-२ का अध्यक्ष दिपकराज जोशी लगायत वडा सदस्य हेराकाजी डंगोल र कर्मचारी पार्वती श्रेष्ठ फिल्डमा खट्नुभएको थियो।(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै