जय न्यौपाने
टाेखा लाइभ ,असोज ६ काठमाण्डौ
टोखा नगरपालिका वडा नं ७ धापासीमा कोभिड १९ मंहामारी संक्रमण विरुद्धको सचेतना कार्यक्रमहरु निरन्तर अगाडि बढिरहेको छ। भने काेभिड- १९ विरुद्धको सचेतना अभियानसंग संगै विकास निर्माणमा थप सकृयता साथ लागी परेको टोखा नगरपालिका न.पा न्यायिक समिति सदस्य एवं टाेखा नगरपालिका वडा नं ७ का वडा सदस्य समेत रहनु भएका गोपी पाठकले सुचना सन्देश दिदै टाेखा नगरपालिका वडा नं ७ मा पर्ने कार्की स्टाेर- राम मन्दिर हुदै मैजुहिटी जाने बाटाे पिच सडक स्तरोन्नती हुन लागेकाे जानकारी दिनुभयो।
उहाँले उक्त बाटाे प्रयाेग गर्नुहुने सवारी चालक महानुभावहरुले बैकल्पिक बाटाे प्रयाेग गर्नुहुन वडाबासीहरुमा अनुराेध गर्नु भएको छ।

साथै उहाँले थप आवश्यक बाटो ढलान कार्य र पिच सडक निर्माण कार्यमा सहयोगको अपेक्षा सहित अन्य बाटो सडक पेटीहरूको पनि स्तरोन्नति गर्ने तर्फ वडा नं ७ लागी परेको हुनाले
यस बाट पर्न जाने असुविधाप्रति वडाबासीहरुमा टाेखा वडा नं ७ को तर्फबाट क्षमायाचना गरेको उहाँले बताउनु भयो ।
( जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन।)

