• TOKHA LIVE

    • ६ आश्विन २०७७, मंगलवार ०७:५५

    टाेखा चण्डेश्वरी मा.विका विद्यार्थीका अभिभावकहरुलाई खाद्यान्न सामग्री वितरण गरियो।

    नविना श्रेष्ठ

    टाेखा लाइभ असोज ६ काठमाडौं

    टोखा नगरपालिका वडा नं २ मा रहेको टोखा चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ। माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको पहलमा र समाज सेवी दिपेन्द्र श्रेष्ठ, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठको समन्वयबाट चाईना फाउन्डेसनको नामको संस्थाको सहयोगमा श्री चण्डेश्वरी मा.वि मा अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुलाई १२.५ किलो चामल,२ लिटर तेल,३ केजी दाल गरी २५० जना घर परिवारलाई खाद्यान्न राहत सामग्री हिजो वितरण गरिएको हो।

    खाद्यान्न सामग्री वितरण गर्ने कार्यक्रममा टोखा नगरपालिका वडा नं २ का अध्यक्ष तथा बिद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका दिपक राज जोशी, वडा-२का सदस्य तथा नगर शिक्षा समितिका सदस्य पञ्च कुमारी श्रेष्ठ, वडा-२का सदस्य हेराकाजी डंगोल, प्रेम कृष्ण शाही, समाजसेवी दिपेन्द्र श्रेष्ठ, फाउन्डेसनका प्रतिनिधिहरु र विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै