टाेखा लाइभ,जेठ ११,काठमाडौं :टाेखा नगरपालिका वडा१ मा रहेको झोर नजिक पर्ने पञ्चेटार(भिल्ली)मा नुवाकोटबाट काठमाडौं झरेका बाइकमा सवार २४ वर्सिय मनोज दुवाल र काठमाडौं टाेखा हुदै नुवाकोट हिद्न लागेका २० वर्षका पासाङ तामाङको एकाआपसमा तिब्र गतिमा रहेको ३ वटा माटसाइकल ठोकिँदा भयानक दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ। दुर्घटनामा मृत मनोज दुलालका पछाडि बस्ने आमा मथुरा दुलाल उपचारको लागि ग्रीनसिटी हस्पिटल लगिएको छ भने अर्का मृत भनिएका टिचिन्ङ हस्पिटल लगिएका पासाङ तामाङको पछाडि बस्ने नाम नखुलेका एक जना पनि उपचारको लागि ग्रीनसिटी हस्पिटल लगिएको टाेखा महानगरीय प्रभाग का प्र.ना.नि.शोभिद अर्यालले टाेखा लाई बताए ।




