• TOKHA LIVE

    • ५ आश्विन २०७७, सोमबार २०:४५

    टोखा नगरपालिकामा थप ४९ जना कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ६५४ पुग्यो।


    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज ५,काठमाडौं

    टोखा नगरपालिकामा असोज ४ गते थप ४९ जना कोरोना सङ्क्रमित पुष्टि भएसंगै संक्रमित सख्या ६५४ पुगेको छ। हिजो सम्म को संक्रमित संख्यामा महिला सख्या ३० जना रहेको र पुरुष सख्या १९ जना रहेको छ। होम असोलेसनमा ३५जना छन् भने अस्पतालमा १४ जना रहेका छन्।

    टोखा नगरपालिकामा कोरोना भाइरस संक्रमण भएका महिला सख्या २७६ जना रहेको र पुरुष सख्या ३७८ जना रहेका छन्। भने यो संगै कोरोना सङ्क्रमित सख्या ६५४ जना पुगेको हो । सकृय संक्रमित सख्या ३५५ जना पुगेको छ। कोभिडलाई जितेर निको भएको संख्या भने २९६ जना रहेका छन्। हाल सम्म मृत्यु हुनेको संख्या ३ जना, होम असोलेसनमा बस्नेको सख्या २६५ जना रहेको र अस्पतालमा ८८ जना रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    लकडाउन खुकुलो भएसँगै टोखा नगरपालिका मा दिन प्रतिदिन संक्रमित सख्या बढेकोमा आफू चिन्तित रहेको टोखा न.पा.का उपप्रमुख ज्ञानमाया डंगोलले दुःख ब्यक्त गरिन।

    टोखा न.पा.का तिलिङटार मा. वि वडा नं ७मा ७० जनाको PCR परीक्षणमा स्वाब संकलन गरिएका छन्। CICT Team ले ४९ जनालाई थप संक्रमितहरुको case Investigation गरेको छ।
    टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना थप संक्रमित थपिएको र हाल सम्म २९ जना संक्रमित रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन्।

    टोखा नगरपालिकामा कोरोना संक्रमितहरुको वडागत विवरण यस तालिकामा रहेको छ।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै