• TOKHA LIVE

      TOKHA LIVE

    • ४ आश्विन २०७७, आईतवार १९:४०

    सपनातीर्थ मन्दिरको पुनःनिर्माण कार्य सुरु:-

    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज ४, काठमाडौं

    टोखा नगरपालिका वडा नं २ अवस्थित सपनतिर्थ मन्दिरको पुनःनिर्माण कार्य सुरु भएको छ। गत भाद्र २९ गते मन्दिरको टाेखा नगरप्रमुख प्रकाश अधिकारीले मन्दिरको शिलान्यास जग साइट गर्नु भएको थियो। सपनतिर्थ मन्दिरमा जग साइट गर्न टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञान माया डंगोल, वडा नं २ का अध्यक्ष दिपक राज जोशी लगायत मन्दिरको व्यवस्थापन समितिका सदस्यहरु, पुजारी, स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो।

    प्रत्येक नयाँ वर्षको आगमन संगै बैशाख १ गते धुमधामसंग सपनतिर्थ मेला लाग्ने लिच्छविकालिन संस्कृति र परम्परा बोकेको मानिएको टोखाको सपना तिर्थ मेला र टाेखा विस्केट जात्रा विश्वव्याधिको रुपमा फैलिएको कोभिड-१९का कारण यसपाली

      

    मेला स्थगित भएको हो। नेपाल सरकारले आह्वान गरिएको लकडाउन लाई पुर्ण रूपमा पालना गर्दै यहाँको सरोकारवालाहरुले ऐतिहासिक तथा धार्मिक मेला, जात्रापर्व स्थगित गरिएको थियोे ।

    सपनातिर्थ मन्दिरलाई मौलिक, ऐतिहासिक, पौराणिक धार्मिक, पुरात्वविक, सास्कृतिक, सम्पदा , पौरानिकतालाई मध्यनजर गरी मन्दिर पुनः निमार्ण कार्य सुरु भएको टोखा वडा नं २का अध्यक्ष दिपक राज जोशीले बताउनुभयो। ऐतिहसिक रुपमा निर्माण कार्यका लागि प्रदेश सरकार, टोखा नगरपालिकाको तर्फबाट बजेट स्टिमेट एक करोड चौवन्न लाखको बजेटमा काम गर्ने ठेकेदारहरूले एक करोड चार लाख टेन्डर परेको टाेखा – २ का वडाध्यक्ष दिपकराज जोशीले जानकारी दिदै
    मन्दिर निर्माण कार्यसँगै सतलको पनि निर्माण गर्ने योजना हुँदा हुँदै पनि यसपालि भने सतल बनाउन नसकेको र एक करोड चार लाख बजेटमा मन्दिरको मात्र निर्माण हुने अध्यक्ष जोशीले बताउनु भयो । पुरात्व विभागले गर्नु भएको साढे पन्ध्र फिटको डिजाइन राम्रो तर टोखाको मठ- मन्दिर सम्बन्धीका समूहका अग्रज व्यक्तिहरू, डिजाइनरसंग सल्ला सुझावमा मन्दिर अलि सानो भएकोले साढे सोह्र फिटको मन्दिर निर्माण गर्ने भएको र सपनातिर्थ मन्दिर पूर्ण मौलिकपना झल्कने गरी काठ, आँखीझ्याल, बुटेदार , टुँडाल, पितालको छानो छाँयर निर्माण कार्य सम्पन्न गर्ने साथै टोखाको ऐतिहासिक मन्दिरहरू मध्ये चण्डेश्वरी मन्दिर, मुस्कानेश्वर महादेब मन्दिर र सपनातिर्थ मन्दिर यी तीर्थस्थलहरु ऐतिहासिक भएकोले अबको निर्माण कार्यमा मौलिकता झल्कने गरी मन्दिर निर्माण गर्ने वडाअध्यक्ष जोशीले जानकारी दिनुभयो।

     

    साथै उहाँले यो वर्ष सपनातीर्थ मन्दिरको मौलिकता झल्कने गरी निर्माण सँगै अर्को वर्ष चण्डेश्वरी मन्दिरको पनि पूर्ण मौलिकता झल्कने गरी, एतिहासिक, धार्मिक, सांस्कृति, सम्पदा पुरात्वविक लाई मध्य नजर राखी अबको सय वर्ष सम्म पनि भावी पुस्ताले पढ्न र हेर्न पाउने गरी मन्दिरको निर्माण गर्ने वडा अध्यक्ष दिपक राज जोशीले टाेखा लाइभलाई बताउनु भयो।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
    तपाइँको प्रतिक्रिया ।

    Facebook Comments

    सम्बन्धित खवर
  • छुटाउनुभयो कि? सबै