• TOKHA LIVE

    • ४ आश्विन २०७७, आईतवार १६:१२

    संविधान दिवसको अवसरमा टाेखा – ६ मा दिप प्रज्वलन:-

    टाेखा लाइभ असोज,४ काठमाडौं ।

    संविधान दिवसको अवसर पारेर टोखा नगरपालिका वडा नम्वर ६ को चुनदेवी मन्दिर पिपल बोटको धापासी युवा क्लबको कार्यालयको प्राङ्गणमा दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ ।टाेखा ६ वडा कार्यालय र धापासी युवा क्लबको संयुक्त आयोजनामा सामाजिक दुरि अपनाई वडाका जनप्रतिनिधिहरु, क्लबका सदस्यहरु, स्थानिय समाजसेविहरु लगायत स्थानिय ब्यक्तिहरुको उपस्थिमा दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ।
    संविधान दिवसको अवसरमा दिप प्रज्वलन कार्यक्रममा धापासी युबा क्लबका अध्यक्ष राजेश श्रेष्ठले राज्यको राम्रा काममा आफुहरुको सँधै साथ र सहयोग रहने र नराम्रा काममा गाली र खबरदारी रहने बताउनुभयो ।
    साथै जनताको लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त संविधानको संरक्षण गर्नु र जनताले आफ्नो लागि आफै संविधान लेखेको एेतिहासिक दिन भएकोले असोज ३ गतेलाई बिर्षन नहुने टोखा ६ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य चन्द्र श्रेष्ठले बताउनुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै