• TOKHA LIVE

    • ३ आश्विन २०७७, शनिबार २०:०८

    संविधान दिवसको अवसरमा मदन भण्डारी फाउन्डेसन काठमाडौं र टोखा धापासी गणेश युवा क्लबको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न :

    जय न्यौपाने
    टाेखा लाइभ असोज ३ काठमाण्डौ
    संविधान दिवसको अवसरमा आज मदन भण्डारी फाउन्डेसन काठमाडौं र टोखा धापासी गणेश युवा क्लबको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
    संविधान दिवशको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य दीपक निरौला, नेकपा जिल्ला कमिटी सदस्य नारायण भाई श्रेष्ठ, टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल , कार्यपालिका सदस्य एवं मदन भण्डारी फाउन्डेसन सचिवालय सदस्य कल्पना घिमिरे ,टाेखा नपा वडा नं ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,धापासी गणेश युवा क्लबका अध्यक्ष प्रबिन श्रेष्ठ ,टोखा नगर कमीटी सदस्य सहित मदन भण्डारी फाउन्डेसन टोखाका अध्यक्ष बेखा नारायण डंगोल र टाेखानगरपालिका वडा नं ४,५,६,७ का जनप्रतिनिधिहरु पत्रकार मित्रहरु लगायतको उपस्थिति रहेको थियोे ।

    उक्त बृहत रक्तदान कार्यक्रम मदन भण्डारी फाउन्डेसन टोखाका अध्यक्ष बेखा नारायण डंगोलको पहलमा कार्यक्रम सम्पन्न भएको थियो। अध्यक्ष डंगोलले रक्तदान गर्नु हुने ब्यक्ती सहयोगी हातहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै संम्पुर्ण संघसंस्था, काठमाण्डौ जिल्ला कमिटी सचिवालय सदस्य नारायणभाई श्रेष्ठ सहित सारथी पाठशालालाई विषेश धन्यवाद ब्यक्त गर्नु भयो।

    उक्त बृहत रक्तदान कार्यक्रमका प्रमुख अतिथि बाग्मती प्रदेश सभा सदस्य दीपक निरौलाले संविधान दिवसको शुभकामना सहित मदन भण्डारी फाउन्डेसन टोखामा रक्तदान गर्नु हुने ब्यक्ती सहयोगी संघसंस्थाहरुलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो।


    त्यस्तै टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले कोभिड -१९ मंहामारी बिच देशमा रगत अभाव हुन नदिन यस किसिमको सराहनीय कार्य प्रती संम्पुर्ण आयोजक मित्रहरु संघसंस्थालाई थप हौसला सहयोग निरन्तर जारी रहने बिस्वास सहित संविधान दिवस को शुभकामना व्यक्त गर्दै टाेखा नगरबासीहरु, युवा संघसंस्थाहरुको सामाजिक सकृयताको प्रशंसा ब्यक्त गर्दै क.मदन भण्डारीको सिद्धांत रचना र विचार प्रती उच्च संम्मान ब्यक्त गर्नुको साथै रक्तदान मा सहभागी स्वास्थ्यकर्मी आयोजक पत्रकार मित्रहरुमा धन्यवाद ज्ञापन गर्नुभयो।

    साथै टाेखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले आफ्नो नगरबासीहरु लगायत संम्पुर्ण संघसंस्थाहरू नागरिक समाजहरूमा संबिधान दिवसको सन्दर्भमा आयोजित मदन भण्डारी फाउन्डेसन टोखा नगर कमिटी रक्तदान कार्यक्रममा सहभागीहरुलाई शुभकामना संदेश ब्यक्त गर्दै कोभिड १९ मंहामारीको विषम परिस्थितिमा स्वास्थ्य सचेतना सहित रगत अभाव हुन नदिन समाज प्रती कर्तव्यनिष्ठ समाजसेवी युवा ,स्थानीय जनप्रतिनिधि , गणेश युवा क्लबका सकृय युवाहरु सहित नेकपा जिल्ला कमिटी सदस्य रक्तदान गर्नु हुने ब्यक्ती सहयोगी संघसंस्थाहरूलाई धन्यबाद व्यक्त गरिन।


    उक्त कार्यक्रमा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट स्वास्थ्य उपकरण सहित एक हजार (१०००) थान माक्स स्थानीय धापासी गणेश युवा क्लबलाई सहयोग प्रदान गर्नुभएको जानकारी दिदै का.जि.कमिटी सचिवालय सदस्य क. नारायण भाई श्रेष्ठले सबैमा विशेष धन्यवाद व्यक्त गर्नुभयो । बृहत रक्तदान कार्यक्रमा ७५ जना रक्तदाताहरूले रक्तदान गर्नु भएको थियोे ।

    ( जय न्यौपाने सुशासन र समृद्धिका लागि संचार अभियानका प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै