• TOKHA LIVE

    • ३ आश्विन २०७७, शनिबार १८:३२

    टोखा नगरपालिकामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमित संख्या ५९६ जना पुग्यो।

    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज ३ काठमाडौं

    टोखा नगरपालिकामा असोज २ थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमित संख्या ५९६ जना पुगेको छ। जसमा २७६जना निको भएका र ३१७ जना सकृय संक्रमित रहेका छन्। होम आइसोलेसनमा २३८ जना रहेको छ। भने अस्पतालमा ७७ जना रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

    टोखा नगरपालिका तिलिङटार मा. वि वडा नं ७ मा जम्मा ७२ जनाको र टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा ६ गरी ७२ जना को कन्ट्याक ट्रेसिङ मा PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
    CICT Team ले १६ जना नयाँ संक्रमितहरुको case Investigation गरेको छ। हाल सम्म २३४० जनालाई सम्पर्क परिक्षण मा ल्याइएको छ।
    जसमा ३८९२जनाको PCR परीक्षण गरिसकेको टोखा नगरपालिका उपप्रमुख ज्ञानमाया डंगोलले बताएकी छिन् ।

    टोखा नगरपालिकाका अनुसार कोरोना संक्रमितहरुको वडागत विवरण तालिकामा निम्न रहेका छन् ।

    (नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    Facebook Comments

    छुटाउनुभयो कि? सबै