• TOKHA LIVE

    • ३ आश्विन २०७७, शनिबार १०:३७

    अनुभूति हुन नसकेको संविधान:

    • धनमती भण्डारी

    २०७२ साल असोज ३ गते घोषणा भएको संबिधान ४ बर्ष नाघीसक्दा पनि जनताले सोचे जस्तो महसुस गर्न पाएका छैनन। देशले कोल्टे फेर्छ भन्दा भन्दै उतानोको परिसक्यो । संबिधानमा प्रावधानमा गरेको हक अधिकार केवल कागजमै सिमित छ । एक थान संबिधान को किताब लेख्नु मात्र उपलब्धी होइन । यसको कार्यान्वयन महत्वपूर्ण कुरा हो । कानुनी राज्यमा संबिधानको कार्यन्वयन नहुनु अत्यन्तै दुखदायी कुरा हो । संबिधानका धेरै धारा उपधाराहरु कार्यन्वयन मा सरकार जिम्मेवार बनोस् ।

    देशमा लोकतन्त्रीक गणतन्त्र आइसक्दा पनि व्यवस्थामा परिवर्तन हुन सकेको छैन । तन्त्र हरु धेरै परिवर्तन भएर आए आज सम्म तर व्यवस्था परिवर्तन हुन नसक्नु हामी नेपाली हरुको दुर्भाग्य बनेको छ । अझै पनि देशमा शासकिय व्यवस्था जिवीतै रहेको भान भैरहेको छ । जनताबाट निर्वाचित नेताहरुमा शासकको जस्तो व्यवहारको अनुभुति आम नागरिकले महसुस गरिरहेका छौ ।

    लामो समय सम्म को संघर्ष, सहिदहरूको बलिदान र जनताको त्याग बाट प्राप्त भएको संबिधान २०७२ हो । यसको कार्यान्वयन पक्ष प्रभावकारी हुनुको साटो एक दमै फितलो हुदा कतै राज्य फेरि पनि चुकिरहेको त छैन ?

    धनमती भण्डारी


    यहाँ बलत्कारी खुलेआम हिडीरहेका छन् पीडितले डराउदै हिड्नु पर्छ । आमाबुवाले छोराछोरी एक्लै छोड्न नसक्ने स्थिति भएको छ । जनता बाट निर्बाचित जनप्रतिनिधि नेता गण हरु नै बिभिन्न समयमा बलत्कार जस्तो जघन्य अपराध मा संलग्न भएको पाईए पनि उचित कारबाही सरकारले दिलाउन सकेको छैन यसरि नै सरकार दिनानुदिन समाजिक न्यायको लागी चुक्दै गएको छ । हत्या, हिंसा, अपराध र बलात्कारका आरोपीलाई प्रथमिकता साथ जेलमुक्त गर्ने, भ्रष्टाचारीलाई थप महत्वपूर्ण जिम्मेवारी दिने, सानालाई ऐन ठुलालाई चयनको व्यवस्थाको अन्त्य होस् । न्यायिक संबिधानमा उल्लेख भएका धारा- उपधारा, दफा-उपदफा हरु ठुला साना मझौला सबै वर्गमा समानरुपले कार्यान्वयन गरियोस् ।

    “जनता सचेत बनौं, संविधानलाई मुर्तरुप दिने गरी लागु गरौं “

    पाँचौ संबिधान दिवस २०७७ को हामी सबै स्वदेश तथा विदेशमा रहेनु भएका सम्पूर्ण नेपाली हरुलाइ धेरै धेरै शुभकामना ।।

    २०७७ असोज ३ गते टाेखा लाइभ डट कममा प्रकाशित ।

    Facebook Comments

    सम्बन्धित खवर

    दोलखा भीमसेनको गाथाः

    मतको मूल्य र राष्ट्रको भविष्य

    अचम्मको ज्ञान ! 🌸

    जग्गा वर्गीकरण र गथामुग: चह्रे

    छुटाउनुभयो कि? सबै