नविना श्रेष्ठ
टाेखा लाइभ,असोज २ काठमाडौं
निष्ठा त्याग एवं संघर्षका प्रतिमूर्ति लौह पुरुष सर्वमान्य नेता गणेशमान सिंहको २३ औं स्मृति दिवसका अवसरमा आज टाेखामा उहाँ प्रति हार्दिक श्रद्धा-भाव व्यक्त गरि स्मृति दिवस मनाएको छ।

निष्ठा त्याग एवं संघर्षका प्रतिमुर्ति उहाँको यस्तो शिक्षा कुनै पार्टीका नेताको ग्रहण गरेनन् तर नेपाली कांग्रेसका नेताहरुले समेत अनुसरण गर्न सकेका छैनन् ।
लौह पुरुष गणेशमान सिंहको स्मृतिमा आज टोखा नगरपालिका वडा नं २ स्थित गणेशस्थान चोक गणेश पोखरीमा रहेको गणेशमान सिंहको शालिकमा फूलमाला चढाई २३ औं स्मृति दिवस मनाएको हो।

कार्यक्रममा नेपाली कांग्रेस टाेखा इकाईका सभापति काइला डंगोल र प्रमुख अतिथि क्षेत्र नं ५ का माननीय सभासद भिमसेन खत्री, लगायत पूर्व गा. वि सका अध्यक्ष कसि नारायण श्रेष्ठ, क्षेत्री.न.५ का सभापति रमेश खड्का, क्षे. न ५ का प्रदेश सभापति दिपक केसी, महासमिति सदस्य प्रेम बहादुर खड्का, टाेखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशी,टाेखा नगरपालिका वडा नं ३ का अध्यक्ष सिंह राज श्रेष्ठ, वडा-२ का सदस्य हेराकाजी डंगोल, पञ्च कुमारी श्रेष्ठ, वडा-३ का सदस्य हरिमान श्रेष्ठ, क्षेत्रीय सचिव जनकराज श्रेष्ठ, नगर महासचिव रमेश नापित,समुद्र खड्का, अष्ट कुमार श्रेष्ठ राजु भण्डारी र अन्य लगायतको उपस्थित रहेको टाेखा नगरपालिका वडा नं २ का सदस्य हेराकाजी डंगोलले बताउनुभयो।


