• TOKHA LIVE

    • २ आश्विन २०७७, शुक्रबार १५:४२

    टाेखा नगरपालिकामा राष्ट्रिय स्तरको भर्चुअल कविता वाचन र लेखन प्रतियोगिता सम्पन्न:-

    नविना श्रेष्ठ
    टाेखा लाइभ, असोज २ काठमाडौं

    बालबालिकाको आत्मबल बढाउन टोखा नगर बाल सञ्जालद्वारा आयोजित राष्ट्रिय स्तरको भर्चुअल कबिता वाचन तथा लेखन प्रतियोगिता गत सोमबार सम्पन्न भएको छ। “विपतमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिबद्धता” भन्ने मूल नाराका साथ राष्ट्रियस्तरको कविता लेखनको शीर्षक रहेको उक्त कार्यक्रम भने दुई चरणमा विभाजन गरिएको थियो। पहिलो चरणमा देशभरबाट ४५ वटा कविताहरू आएको कबिता मध्येबाट निर्णायकहरु दिनेश घिमिरे र सरस्वती घिमिरेले उत्कृष्ट पाँचमा छनौट गर्नुभएको थियोे ।

       

    सामाजिक सञ्जाल(भर्चुअल)बाट कविता वाचनको दोस्रो चरणमा टोखा बाल सञ्जालकी अध्यक्ष बबिता परियार तथा प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, विशेष अतिथि बालमैत्री स्थानीय शासन राष्ट्रिय मंच र जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, ग्लोकल टिन हिरो २०१५की विजेता तथा बाल अभियान्ता विपना शर्मा भवानी इन्टरटेनमेट र जे. सि. आई इमादोलका अध्यक्ष सोनित राज ढुङ्गेल, युवा अभियन्ता निरज न्यौपाने र जिल्ला बाल क्लब संजाल काठमाण्डौका अध्यक्ष नेहा गुरुङ लगायतको आतिथ्यमा कबिता वाचन प्रतियोगिता भएको थियो।

    अतिथि टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोल

    उत्कृष्ठ पाँच प्रतिस्पर्धीहरूले आ- आफ्नो कविता वाचन गरेको थियो । भर्चुअल कविता वाचनको मूल्यांकनमा निर्णायक मण्डल भने सरस्वती घिमिरे र दिनेश घिमिरेले गर्नुभएको थियो।

    राष्ट्रिय स्तरको उक्त भर्चुअल कविता वाचनको इशा भण्डारीले प्रथम स्थान हासिल गरेकी थिइन्। पुरुषोत्तम आचार्यले दोस्रो स्थान हासिल गर्न सफल भयो भने आयुष श्रेष्ठले तेस्रो स्थान हासिल गरेका थिए।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै