• TOKHA LIVE

    • २ आश्विन २०७७, शुक्रबार १२:३९

    गायक सलिल सुन्दर तुलाधरको नेपाल भाषाको ‘यः मां’ बोलको गीत सार्वजनिक:


    टाेखा लाइभ असोज २ काठमाडौँ ।

    गायक सलिल सुन्दर तुलाधरको आमा स्व. रुप शोभा तुलाधरमा समपर्ण गरी तयार पारिएको नेपाल भाषको यः मां बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    आमा स्वर्गिय भएको ४५ औँ दिनमा गायक तुलाधरद्वारा लेखन, संगीत र रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो प्रथम वार्षिक पूण्य तिथीका दिन पारेर सार्वजनिक गरिएको हो । यस गीतको संगीत संयोजन अन्जन श्रेष्ठको रहेको छ भने रण बहादुर ताम्राकारले शब्द लेखनमा सहयोग गरेका छन् । मन्जु श्रेष्ठ, दिपक मगर र संर्निका राजोपाध्यायद्वारा अभिनित यस म्युजिक भिडियो मतिना प्रोडक्सनद्वारा तयार परिएको हो । विजु कर्माचार्यद्वारा निर्देशित यस म्युजिक भिडियोको छायांकन अमर चित्रकारले गरेका छन् भने सह निर्देशन तथा भिएफएक्स महेश्वर श्रेष्ठले गरेका छन् ।

    आमाको गुण चित्रण गरी संसारमा जो कोहीलाई सबै भन्दा धेरै माया गर्ने देवी समानकी आमाको वियोग कस्तो दुखदायी हुन्छ भन्ने भावना यस गीतमा समेटिएको छ ।

    यस गीतका गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधरले यस पूर्व पनि नेपाली संगीत क्षेत्रमा ड्याम ड्याम जस्ता लोकप्रिय गीत दिइसकेका छन् भने नेपाली चलचित्र निजर्लामा भाले मोटर, चोखो मायामा तिमी नै हौ, जस्ता गीतहरुमा स्वर दिइसकेका छन् ।
    यसैगरी नेपाल भाषा संगीतमा पनि छपला एल्बम, मखं त्वा या कायमचा आदि लोकप्रिय गीतहरुमा स्वर दिइसकेका छन् ।

    उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

    म्युजिक भिडियो हेर्न Click गर्नुहोस् ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै