नविना श्रेष्ठ
टाेखा लाइभ असोज २ काठमाडौं
पछिल्लो २४ घन्टामा टाेखा नगरपालिकामा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको सख्या ५८० पुगेको छ।
हिजो असोज १ गते थप भएका महिला सख्या २५ जना रहेको र पुरुष सख्या ३४ जना रहेका छन् भने होम आइसोलेसनमा ४९ जना र अस्पतालमा १० जना रहेका छन्।
टोखा नगरपालिकामा जम्मा संक्रमित पुरुष सख्या ३४६ जना र महिला सख्या २३४ जना रहेका छन्। सकृय संक्रमित सख्या भने ३१२ पुगेको छ।२६५ जना कोरोना भाइरसलाई जितेर घर फर्किसकेका छन्। मृत्यु हुनेको संख्या वडा नं- ४ मा १ जना, वडा नं -६मा १ जना, वडा नं-९ मा १ जना गरी मृत्यु हुनेको संख्या ३ पुगेको छ।
सकृय संक्रमित मध्ये होम आसोलेसनमा २३० जना रहेको र अस्पतालमा ८० जना रहेका छन्।
टोखा नगरपालिकामा सकृय संक्रमित सख्या जम्मा ३१२ जना रहेको र संक्रमित लाई जितेर निको भई २६५ जना घर फर्की सकेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन्।
टोखा नगरपालिका तिलिङटार मा. वि स्कूलमा वडा नं ७ मा ६२ जना र वडा नं २ मा ९४ जना गरी जम्मा १५६ जना को कन्ट्याक ट्रेसिङ मा PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ।
CICT Team ले ५९ जना थप संक्रमित हरुको case Investigation गरेको छ।
टोखा नगरपालिका प्राथमिक स्वास्थ्य केन्द्रमा ३ जना थप संक्रमित भर्ना भएका छन् भने १ जना निको भई घर फर्की सकेका छन्।
हाल प्राथमिक स्वास्थ्य केन्द्रमा २८ जना संक्रमित आसोलेसनमा रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन् ।
टोखा नगरपालिकाको अनुसार संक्रमितहरुको वडागत विवरण:-
वडा नं-१मा १९जना,
वडा नं-२मा २२ जना,
वडा नं-३मा ५८ जना,
वडा नं-४मा ३८जना,
वडा नं -५मा ६४ जना,
वडा नं-६ मा ६५ जना,
वडा नं-७ मा ६५ जना,
वडा नं-८ मा ५८ जना ,
वडा नं-९ मा ३९जना,
वडा नं-१० मा ५१जना
वडा नं-११मा ४६ जना र अन्य मा ६३ जना गरी जम्मा ५८० जना रहेका छन्।

( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

