• TOKHA LIVE

    • १ आश्विन २०७७, बिहीबार ०८:१५

    टोखा नगरपालिकाको भवन निर्माण हुँदै:-

    शोभा तामाङ

    टाेखा लाइभ ,असोज १ काठमाडौं ।

    टोखा नगरपालिकाले मैजुहिटीस्थित आफ्नो कार्यालय हाताभित्र रहेको नापिशाखा लगायतको अस्थायी टहराहरु भत्कार्इ नयाँ भवन निर्माण सुरु गरेको छ । सो भत्काइएका संरचनाहरु नयाँ स्थानमा स्थापना गरि कार्य संचालन गरिने भएको छ।

    टोखा नगरपालिका तथा जिल्ला समन्वय केन्द्र काठमाडौंको आर्थिक लागतमा निर्माण गरिने उक्त भवनको लागि विनियोजित रकम रु. ११,०९,८७,५०९.३१ ।– (एघार करोड ,नौ लाख सतासी हजार ,पाँच सय नौ रुपैयाँ एकतीस पैसा ) भ्याट बाहेक रहेको छ। उक्त भवन निर्माणको ठेक्का शृङ्खला निर्माण सेवा नुवाकोटले अघिल्लो वर्ष माघ २२ मा गरेको छ ।

    सम्झौतामा नगरपालिकाको भवन निर्माण २०७८ माघ २१ गतेसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता पत्रमा उल्लेख रहेको कुरा नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभयो ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै