• TOKHA LIVE

    • १ आश्विन २०७७, बिहीबार ०६:०८

    टोखा नगरपालिकामा थप २९ जनामा संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या ५२१ पुग्यो।

    नविना श्रेष्ठ
    टाेखा लाइभ असोज १,काठमाडौं

    भाद्र ३१ गते टोखा नगरपालिकामा थप २९ जनामा संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको संख्या ५२१ पुगेको छ।
    टोखा नगरपालिकामा जम्मा संक्रमित पुरुष संख्या ३२१ जना, महिला संख्या २०९ जना रहेका छन्। कोरोना सङ्क्रमित भएका २४८ जना भने निको भएर घर फर्किए छन्। भने मृत्यु हुनेको संख्या वडा नं ४मा १ जना, वडा नं ६ मा १ जना, वडा नं ९ मा १ जना गरी ३ जनाले ज्यान गुमाइसकेको छ। सकृय संक्रमित मध्ये होम आइसोलेसन मा १९४ जना रहेको र अस्पतालमा ७४ जना रहेको छ। २ जना सम्पर्क विहिन भएको छ।
    भाद्र ३१ गते कोरोना सङ्क्रमित महिला संख्या ११ जना रहेको र पुरुष संख्या भने १८ थप भएका छन्। होम असोलेसनमा २३जना रहेको र अस्पतालमा ५जना रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिएकी छिन्।
    टोखा नगरपालिका वडा नं ७ स्थीत तिलिङटार मा.वि स्कुलमा भाद्र ३१ गते ४६ जनाको PCR परीक्षणका लागि स्वाब संकलन गरिएको छ। हिजो CICT Team ले २९ जनाको थप संक्रमित हरुको case Investigation गरेको छ।
    टोखा नगरपालिकामा हिजो ३ जना थप संक्रमित सदस्य थपिएका छन्। भने टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना संक्रमित थपेको छ। हाल सम्मको सख्या २६ जना रहेको टोखा नगरपालिका का उपप्रमुख ज्ञानमाया डंगोलले टोखा लाईभलाई जानकारी दिएकी छिन् ।

    टोखा नगरपालिकामा कोरोना सङ्क्रमितहरुको वडागत विवरण तालिकामा हेर्नुस् ।

    ( नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् ।)

    तपाईको प्रतिक्रिया :-

    Facebook Comments

    छुटाउनुभयो कि? सबै